श्वेताले भावुक हुदै आफ्नो स्व. पति श्रीकृष्णको जन्मदिनमा लेखिन् यस्तो मार्मिक स्टाटस!

पुष १४ गते नेपाली चलचित्र क्षेत्रका एक चम्किला नक्षेत्र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको आज जन्मदिन हो। साथै आफ्नो स्वर्गीय पतिलाई सम्झिदै श्वेता खड्काले सामाजिक संजाल फेसबुकमार्फत एउटा निकै नै मार्मिक स्टाटस सहितको भिडियो सेयर गरेकी छिन्। श्वेता खड्का र श्रीकृष्ण श्रेष्ठको विवाह भएको एक महिनामै नायक श्रीकृष्णको असमाहिक निधन भएको थियो।


यस्तो छ श्वेताले लेखेको स्टाटस: मृत्युको दिनभन्दा जन्म दिन महत्वपुर्ण हो । जन्म ले हाँसो फुटाउँछ अनि मृत्युले रोदन छुटाउँछ । मलाई त्यही रोदनको पल भन्दा हाँसोको पल प्यारो छ । किनकी आजकै दिन हजुर जन्मनुभएको थियो-मेरै लागी । हजुरले मेरो सिउँदो भर्नु भयो अनि रङ्गिन भविश्यको सपना देखाउनु भयो । म त्यही सपनाको रङ्ग मा रङ्गिएर जिन्दगीको यात्रामा हजुरसँगै समाहित भएँ । हामिदुबै छोटो समयकै लागी सही _ सँगै हिंड्यौ । जिवनको त्यो यात्रामा हजुरले मलाई कैयन खुशिहरु दिनुभयो । बिर्सनै नसक्ने करोडौ मिठा यादहरु अनि आँट, शाहस र हिम्मत दिनुभयो । साँच्चै हजुरल्र दिएका ति अविस्मरणिय पलहरुले जिन्दगीको अन्तहिन यो यात्रामा निरन्तर अगाडी बढ्नको लागी मलाई हौस्याई रहेका छन । भन्नेहरु त भन्ने गर्छन कि तपाइ सदासदाको लागी बिलाउनु भयो भनेर । तर मलाई हजुर म बाट बिलाएको भान हुँदैन । हजुर त मेरै मन र मस्तिस्कमा जिवित र सजिव हुनुहुन्छ । मैले बोल्ने हरेक शब्द अनि मैले हेर्ने हरेक द्रुश्य हरुमा केवल हजुर नै हुनुहुन्छ । हजुर हुनुहुन्छ र त म छु । हजुरको हरेक जन्म अनि हरेक जु नी मेरै लागी हुनेछ । आजकै दिन मेरा लागी यो धर्तिमा पाइला टेक्नु भएको तपाईलाई जन्म दिनको यो पावन अवसरमा करोडौ शुभकामना ।
उही हजुरकी कोहिनुर /कान्छि