अमेरिकाको निद्रा हराईदिने रूसको यो जहाज, हेर्नुस के के गर्न सक्छ यो जहाजले

सैन्य शक्तिमा अमेरिका र चीनलाई कडा चुनौती दिएको रुसले आधुनिक हतियार र शत्रुमाथि निगरानी राख्ने शक्तिशाली उपग्रहहरू व्यापक निर्माण गरेको छ । रुसको सैन्य बलमा अब एउटा अर्को जासूसी जहाज पनि जोडिएको छ । त्यसको नाम यन्तार हो । रुसी जलसेनासँग जासूसी जहाज यसअघि पनि थिए तर यन्तार फरक र शक्तिशाली छ ।

रिमोटबाट चल्ने अन्डरवाटर भेहिकलको श्रेणीमा पर्ने यन्तार पनडुब्बी जताबाट पनि सञ्चालन गर्न सकिन्छ । अघिल्लो महिना बेलायती सेनाले एक चेतावनी जारी गरेर ‘यन्तारमार्फत रुसले सञ्चार रोक्न वा त्यसमा अवरोध ल्याउने क्षमता हासिल गरेको छ किनकि त्यसले समुद्रमा भएका तारलाई काट्न सक्छ’ । बेलायती सुरक्षा प्रमुख सर स्टुअर्ट पीचका अनुसार, ‘इन्टरनेट र बाँकी सञ्चार तारमाथि यस्तो आक्रमण भएमा प्रलय आउँछ’ ।

नाटोले समुद्री सतहमा सेनाको कामका लागि तार बिछ्याएको छ । यसबाहेक यो पृथ्वी चारैतिरबाट फाइबर अप्टिकले घेरिएको छ । वाशिङटन पोस्टले पनि यन्तारको तार काट्ने क्षमतामाथि चिन्ता व्यक्त गरेको थियो । तार काटिएर इन्टरनेट सेवा संसारभरि अवरुद्ध हुने डरले अमेरिकाको निद्रा गायब भएको छ ।