२० वर्षको प्रयासपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरीको स्कुल बस दुर्घटनामा मृत्यु भए पछि

बिहेको २० वर्षसम्म अनेकौं उपचार, धर्मकर्म, पूजापाठ गरेपछि बल्लतल्ल जन्मिएकी एक्ली छोरीको दुर्घटनामा मृत्यु भएपछि ती आमाको अवस्था कस्तो होला ? भारतको इन्दौरमा दिल्ली पब्लिक स्कुलमा ३ कक्षामा पढ्ने श्रुती लुधियानीको मृत्यु भएपछि अस्पताल पुगेकी उनकी आमाले डाक्टरहरुलाई छोरीको पोष्टमार्टम नै नगर्न अनुरोध गरिन् ।

२० वर्षको प्रयासपछि जन्मिएकी एक्ली छोरीको मृत्युले पूरै परिवार शोकमग्न छ । दुर्घटनामा श्रुतीसहित बस चालक र अन्य ३ बालबालिका गरी ५ जनाको मृत्यु भएको थियो । शुक्रबार स्कुल विदा भएपछि बालबालिका लिएर घर छोड्न हिँडेको बस ट्रकसँग ठोक्किँदा अन्य बालबालिका घाइते छन् । यीमध्ये दुईको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।