जुत्ता लगाउँदा ध्यान दिनुहोस्, क्यान्सरको सिकार भइएला !

आजकल एक नयाँ फेसन चलेको छ, बिना मोजा जुत्ता लगाउनु । यो ट्रेन्ड नै बनेको किन नहोस्, अथवा यसलाई राम्रो फेसन किन नमानियोस् । तर यसको नतिजा भने नराम्रो हुनसक्छ । अर्थात् यसले स्वास्थ्यमा नराम्रो असर पुर्याउन सक्छ । विशेषज्ञहरुका अनुसार बिना मोजा जुत्ता लगाउनाले तपाईंको त्वचामा असर गर्छ । बिना मोजा जुत्ता लगाउँदा तपाईंको खुट्टाबाट निस्कने पसिना जुत्ताको कपडासम्म पुग्न जान्छ । जसले गर्दा त्यहाँ ब्याक्टेरिया जम्न लाग्छन् । यसले गर्दा तपाईंको खुट्टामा ठूलै संक्रमण पनि हुन सक्छ ।

बिना मोजा जुत्ता लगाउँदा तपाईंको खुट्टा चिलाउनुका साथै छाला निस्कने समस्या निम्तिन्छ । यसले खुट्टामा एक प्रकारको दाद बन्छ । जो पछि क्यान्सरको कारण पनि हुन सक्छ । यति तपाईं मोजा बिना नै जुत्ता लगाउन चाहनुहुन्छ भने साधैं एकै जुत्ता नलगाउनुहोस् । कपडाको जुत्ता छ भने धुनुहोस् । छालाको छ भने त्यसको भित्र चियाको पकेट राख्नुहोस् । जसले त्यहाँभित्र रहेको पसिनालाई सोसेर किटाणुलाई नस्ट गर्छ ।
साथै जुत्ताभित्र एन्टिसेप्टिक स्प्रे पनि यूज गर्न सक्नुहुन्छ । जसले जुत्ता भित्र रहेका किटाणुलाई नस्ट गरोस् ।