के तपाई अत्यधिक जाडोका कारण नुहाउन सक्नु भएको छैन ? अपनाउनुहोस् यी उपाय

अहिले जाडोको मौसम छ। चिसोका कारण कतिपय नुहाउन डराउछन्। आज हामी यस्तै डराउनेहरुका लागि नुहाउने उपाय जानकारी गराउदैछौ।

छिटक स्नान :यो विधीअनुसार धारामा गइ पानी हातमा लिएर अलि अलि मुख र छर्किनुलाई भनिन्छ। यसरी स्नान गर्दा पनि जाडोयाममा शुद्धता मिल्छ।
नल नमस्कार स्नान : यस विधिअनुसार अत्यधिक जाडो भएमा धारामा गएर नमस्कार गरे पनि स्नान गरेको मानिन्छ।
जल स्मरण स्नान :यस विधिअनुसार जाडोका कारण ओछ्यानबाट उठ्न सकिएन भने ओछ्यानबाटै धाराको पानी सम्झिए पनि शुद्ध हुन सकिन्छ।
स्पर्श अनुभूति स्नान : यस विधिअनुसार जाडोले नुहाउन कठिन भएमा नुहाई सकेको मानिसलाई छोएर पनि पवित्र हुन् सक्नुहुन्छ।
स्रोत : सामाजिक संजालबाट साभार