“मर्ने कसैलाई रहर हुँदैन…” सन् २०१७ का मन दुखाउने ५ तस्बिर

मर्ने कसैलाई रहर हुँदैन… यो पङ्ती गितकार कृष्णहरी बरालको हो । गितकार बराल यूरोपमा छन् । सन् २०१७ मा तराई क्षेत्रमा ठुलो बाढी आएर कयौ ले ज्यान गुमाउनु पर्यो ।मानवले मानवलाई दुखपर्दा बचाउनु र साथ दिनु कुनै नौलो कुरा होईन । यसबाढिले यस्ता विरह लाग्दा स्थिति सिर्जना गरिदियो जुन तस्बिर सन् २०१७ मा एकाएक भाईरल बने ।

पानीमाथि तैरिएको चप्पलमा एक जोर कुखुराका चल्ला मृत्य कुरि रहेका छन् । अर्को तर्फ आफु बाँच्ने र अरुलाई बचाउने मात्रै नभएर गाई, बाख्रालाई खामा च्यापेर जलमग्न पानि हिड्दैछन् । बाढीले वितण्डा मच्चाईरहेको स्थितिमा आफु बाँचौ र अरुलाई पनि बचाँउ भन्दै डुवान क्षेत्रमा सुरक्षा कर्मी तैनाथ भएका थिए । प्रकृतिको सामु कसको के लाग्छ र ?
सुरक्षाकर्मी सरकारले चाहेर पनि जनताको उद्धार गर्न सकि रहेको थिएँन । सामाजिक संजालमा भाइरल यी तस्बिरहरुले अहिले पनि झस्काई रहन्छ त्यो बाढी अनि त्यो पल ।