जन्तालाई राजाको यति धेरै माया : “राजा आऊ,देश बनाऊ” भन्दै लगाए नारा

पश्चिम नेपालमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शुक्रबार दाङको भ्रमण गरेका छन्। दाङमा उनले दुई धार्मिक स्थलको दर्शन पूजा संगै सर्वसाधारणसग भेट गरेका छन्। शुक्रबार दिउँसो दाङ आएका पूर्वराजाले दाङमा सधै आइरहने वातावरण निर्माण हुने अपेक्षा गदै यसैगरी जनतासँग भेट भइरहने अपेक्षा पनि गरेको सुनाए।

‘म दाङमा आउन पाउँदा ज्यादै खुशी छु, पूर्वराजा शाहले भने सधैँ यसैगरी आउन पाइराखु र जनतालाई भेटिरहन पाऊँ।’स्वागतमा रहेका नागरिक र पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजाले यस्तो बताएका हुन्। पूर्व राजा आउने खबर पाएपछि सर्वसाधारण नागरिकहरु स्वस्फुर्त स्वागतको लागि बाटोमा उभिएका थिए। नेपाल शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयमा केहीबेर रोकिएपछि पूर्वराजा ज्ञानेन्द्र बाटोमा कुरेर बसेकाहरुमाझ गाडी चढेर आइपुगे।केहीबेर गाडीमै रोकिएका उनी स्वागतको लागी बाटोमा उभिएका नागरिक देखेपछि झरेका थिए। स्वागतका लागि उभिएकाहरुले देशको नेतृत्व गर्न माग गरेका थिए।