यी बलिउडका चर्चित गायकहरुले मिडियासँग लुकाएका कुराहरु, जुन तपाईलाई थाहा छैन!!!

लिउडमा सधै नायक तथा नायिकाको चर्चा हुनेगर्छ । उनीहरुको निजी जीवनदेखि लिएर करियरको कुराहरु सामाजिक संजालमा फैलिने गर्छन । त्यसै गरी गायकहरु पनि मिडियामा छाईरहन्छन। तर उनीहरु आ-आफ्नो व्यक्तिगत जीवन भने सबैसंग लुकाउने गर्दछन् । आज हामी तपाईहरुलाई चर्चित संगीतकारहरुको बारेमा केहि कुराको जानकारी गराउछौ ।

१. शान : गायक शानको श्रीमती राधिका मुखर्जी हुन् । लामो समय प्रेम सम्बन्धमा रहेका यी जोडीले सन् २००० मा विवाह गरेका थिए । राधिकालाई कुनै पनि इवेन्टमा देखिदैन तर शानको बलिउडका साथीको पार्टीमा भने देखिने गर्छिन । उनीहरुबीच तलाक अर्थात् डिभोर्सको कुराले कुनै एक समय निकै चर्चा फैलिएको थियो तर त्यो सत्य थिएन। उनीहरुको अहिले २ वटा बच्चाहरु भईसकेका छन् ।
२. सोनू निगम : गायक सोनू निगमको व्यावसायिक जीवन खुशीयालीले भरिए तापनि उनको वास्तविक जीवनमा धेरै विवादहरु छन् । खास गरि सोनू निगम आफ्नो वैवाहिक जीवनलाई लिएर निकै तनाबमा छन् । उनले सन् २००२ मा मधुरिमासंग विवाह गरेका थिए। यिनीहरु दुइ बीचको सम्बन्ध निकै नराम्रो रहयो र डिभोर्स हुने हल्ला चलेको थियो। तर सोनू निगमले भने आफ्नो सम्बन्ध बचाउन सफल भएका थिए। उनीहरुको अहिले एउटा छोरा पनि छ । सोनू निगमको श्रीमती भने निकै कम मात्रै मिडियामा देखिन्छिन्।
३. अरिजीत सिंह: अरिजीत सिंह चर्चित गायक हुन् । उनले आफ्नो जीवनमा २ वटा बिहे गरेका छन् । उनले दोश्रो बिहे आफ्नो बाल्यकालको साथी कोयलसंग गरेका हुन् । कोयलको पनि अरिजीतसंग यो दोश्रो बिहे हो। सन् २०१४ मा यी दुई जोडीले विवाह गरेका थिए । कोयलको भने पहिला छोरी थियो जो अहिले अरिजीत र कोयलसंग बस्ने गर्छिन ।
४. मोहित चौहान : मोहित चौहानले जर्नलिस्ट प्रार्थना गहलोतसंग सन् २०१४ मा विवाह गरेका थिए। मोहितले चलचित्र “रक स्टार” र “जब तक है जान” जस्ता चलचित्रमा सुपरहिट गीतहरु गएका थिए ।
५. अली जफर : अली जफरले आफ्नो मामाको छोरीसंग सम्बन्ध गासेका थिए ।अ ली जफर र अलीशा फजलीले सन् २००९ मा विवाह गरेका थिए।
६. आतिफ असलम : आतिफ असलमको फ्यानहरु धेरै छन् । उनले आफ्नो बाल्यकालको साथी सारा भरवानासंग सन् २०१३ मा विवाह गरेका थिए । अहिले उनीहरुको एउटा छोरा पनि छ जसको नाम अहाद हो ।
७. हनी सिंह : हनी सिंहको प्रेम कहानी एक फिल्मी कहानी जस्तै छ । बलिउडमा प्रवेश गरेको चार वर्षसम्म पनि उनी विवाहित भएको कुरा कसैलाई पनि थाहा थिएन । उनले आफु विवाहित भएको कुरा २०१५ मा एक रियालटी शो मार्फत सबैलाई खुलासा गरेका थिए । उनले सन् २०११ मा आफ्नो कलेजको साथी शालिनीसंग विवाह गरेका थिए ।