पाटन अस्पतालले पत्थरीको अप्रेसन गर्दा बिरामीको पेटमा ‘फलामको पाईप’ नै छोडिदिएपछि…

पाटन अस्पतालले आज भन्दा ३ वर्ष पहिले पत्थरीको सल्यक्रिया गर्दा निकै ठुलो लापरवाही गरेको भेटिएको छ। ३ वर्ष अगाडि पाटन अस्पतालबाट पत्थरीको अप्रेसन गरेकी बागमती गाउँपालिका ७ स्थित गिम्दी मोचेडाँडाकी अश्मी लोप्चन पेटमा फलामको पाईप भेटिएपछि अस्पतालको यस्तो लापरवाही गरेको तथ्य बाहिर आएको हो। पत्थरीको सल्यक्रिया गरेको लगभग तीन वर्षपछि लोप्चनको सल्यक्रिया गरेको ठाउँमा एक्कासी दुखेपछि उनी पुन: सोहि अस्पतालमै आएर भिडियो एक्स रे गर्दा उनको पेटमा फलामको पाइप रहेको भेट्टिएपछि पुन सल्यक्रिया गरेर निकालिएको छ। उनि सल्यक्रिया गरेको स्थानमा निकै दुखेपछि ४ दिन पहिले अस्पताल भर्ना भएकी थिईन् ।

अहिले लोप्चनको पाटन अस्पतालकै वेड १२७ नम्बरमा राखेर थप उपचार भैरहेको छ। डाक्टरहरु लापर्वाहीका करण विरामीको ज्यान जोखिममा परेको र उल्टै अस्पतालले उपचार खर्च व्यहोर्न समेत नमानेको भन्दै अहिले विरामका आफन्तहरु आन्दोलित भएका छन्। विरामीका आफन्तहरुका अनुसार सो अस्पतालका डाक्टरहरुको लापरवाहीका करण नै सल्यक्रिया गर्दा बिरामीको पेट फलामको पाईप छुटेको र जसका कारण विरामीको ज्यान समेत जोखिममा परेकोले अस्पतालले आफ्नो लापरवाहीको प्रयास्चित गर्दै उपचार खर्च व्यहोर्न पर्ने माग राखेका छन्। यता अस्पताल प्रशासन ले भने उपचार खर्च बिरामीले नै जिम्मा लिनुपर्ने अडान लिएका करण अस्पताल प्रशासन र बिरामीका आफन्तहरुबीच तनावपूर्ण स्थिति देखिएको छ।