संसारकै सबैभन्दा ठुलो वाटरफल यसरी जम्यो, यस्तो छ त्यहाँको तापमान [तस्वीर सहित]

जाडो यामको कारणले मानिसहरुको जीवन कष्टकर भएको छ। साथै विश्वकोको सबैभन्दा विशाल वाटर फलको यो भन्दा पनि नराम्रो हालत भएको छ । यसको कहानी तपाइलाई यी तस्वीरहरुले बताउनेछन् । जाडोको अनुमान यसरी गर्न सकिन्छ कि करीब एक किलोमीटरको दायरामा बग्ने अमेरिका-क्यानाडा बोर्डर स्थित नियाग्रा वाटरफल तामपान कम भएको जमेको छ । वाटरफलको मात्र केही भाग रहेको छ जहाँ बरफ जम्न बाकीं रहेको छ । ​अमेरिकामा आएको बर्फीलो तूफानको असर क्यानडामा पनि देख्न सकिएको छ ।

तस्वीरहरुलाई हेरेर अन्दाज लगाउन सकिन्छ कि चर्चित नियाग्रा वाटरफलमा पुरै बरफ जमेको छ । वाटरफल अब एक बरफको पहाड बनेको छ । मीडिया रिपोर्टको अनुसार यो भन्दा पहिले १८४८ मा नियाग्रा फल जमेको थियो । त्यस समयमा नियाग्राको पानीको धारा पुरै तरिकाले जमेको थियो । हाल त्यहाँको तापमान माईनस २३ (-२३) डिग्रीसम्म भएको छ । जसले गर्दा नियाग्रा वाटरफल हेर्न आउनेहरुको कमी हुन थालेको छ । अमेरिकामा नियाग्रा वाटरफल मात्र नभएर दोस्रो शहर पनि भीषण बरफको चपेटामा परेको छ ।