पछाडी प्वाल परेको पाइन्ट कुन देशका बच्चाले लगाउने चलन छ थाहा छ तपाईंलाई?

जबकी, पश्चिमी देशहरुमा एक वा डेढ वर्षको उमेरदेखि मात्रै शौचालयमा जान सिकाउने गरिन्छ । बच्चाहरुको यो परम्पराले मानिसहरुको ध्यान खिचिरहेको छ । र, इन्टरनेटमा पनि बहस भइरहेको छ ।

यदि चिनियाँ बजारमा बालबालिकाको कपडा खोज्ने हो भने पाइन्टमा प्वाल परेको बाहेकका कपडा भेट्टाउन मुस्किलै पर्छ । जसले पनि ‘कई डांग कू’ को लोकपि्रयतालाई पुष्टि गर्छ ।

के हुन् बेफाइदा ?

कई डांग कूको अनेक बेफाइदा पनि छन् । पहिलो कुरा त घरदेखि हरेक ठाउँसम्म बालबालिकाहरु शौच गरिरहेको देखिन्छ । यसले सार्वजनिक स्थानमा दुर्गन्ध समेत फैलाउने गरेको छ । र, यसबाट रोग निम्तिने खतरा समेत हुन्छ । यो पक्षबाट हेर्दा चीनको गाउँले जीवन अत्यन्तै दुःखद् देखिन्छ ।

चीनमा ‘कई डांग कू’ को प्रयोगलाई लिएर समय समयमा विवाद समेत हुने गरेको छ । हरेक पटक यसको प्रयोग वातावरणको लागि फाइदाजनक छ कि छैन भन्ने बारेमा बहस हुने गरेको छ । कतिपयको मान्छन् कि यसको प्रयोगले कयौं टन फोहोर उत्पादन हुने खतरालाई कम गरेको छ ।

केही चिनियाँ डाक्टरहरले भने यो मान्न थालेका छन् कि नष्ट गर्न मिल्ने डाइपरको प्रयोग गर्नु उत्तम हो । र, डाइपरलाई बेलाबेला परिवर्तन गर्नु पर्छ नत्र रोगको सङ्क्रमण हुने खतरा हुन सक्छ ।