यी हुन् पाँच लाखको थप्पड हान्ने चर्चित भारतीय नायक !

आफ्ना फ्यानसँग नराम्रोसँग पेस हुनु सूचीमा सलमान अनि गोविन्दाको नाम समावेश हुन्छ। गोविन्दाले २००८ मा फिल्म मनी है तो हनी है को शूटिंग सेटमै सन्तोष राय गरेका एक व्यक्तिलाई नराम्रोसंग चड्कन हानेका थिए। यस घटनामा, गोबिन्दाका फ्यान सन्तोषले गोबिन्दाकोविरुद्धमा सन् २००९ मा मुम्बईको अदालतमा मुद्धा दायर गरेका थिए।

त्यसपछि यो मुद्धा लामो समय सम्म चलेको थियो। २०१४ मा, यो केस सुप्रीम कोर्ट ( सर्वेच्च अदालत) मा पुगेको थियो। सर्वेच्च अदालतले गोविन्दलाई क्षतिपूर्ति तिर्नु पर्ने साथै पीडितसँग माफी माग्नु पर्ने निर्णय गरेको थियो। गोविन्डाले पिडित व्यक्तिलाई एक थप्पडको ५ लाख तिर्नु परेको थियो ।