यी चर्चित ६ अभिनेत्रीहरु जसले नसाको लतमा आफ्नो जीवन यसरी बर्बाद गरे…

बलीउडमा चर्चामा आउन र नाम कमाउनका लागि स्टारहरु दिन रात नभनी धेरै संघर्ष गर्छन् । साथै तीव्र सफलता हासिल गर्ने भोकले उनिहरु धेरै काम गर्छन । सफलताको सिढी चढीसके पछि उनीहरुको जीवन सुखदायी र आरामदायी हुन्छ भन्ने होइन । सफलताको सिडी चढेपनि, नाम, इज्जत, धन, कमाए पनि कतिपय बलिउड अभिनेत्रीहरुको जीवन पीडादायी नै रहेको छ। उनीहरु आफ्नो जीवनलाई एक्लो महसुस गर्दै रक्सि, चुरोट र ड्रग्सको साहारा लिई अाफ्नो एक्लोपन र तनावलाई बिर्सने गर्छन। यी ६ बलिउड अभिनेत्रीहरुको लत जसले कसैको जीवन बर्बाद भयो भने कसैको भविष्य:

१. मनीषा कोइराला: क्यान्सर जस्तो रोगलाई पराजित गरी अहिले मनीषा कोइरालाले आफ्नो जिन्दगी अगाडी बढाएकी छिन् । केहि समय अघि उनले आफ्नो प्रेम जीवनमा ब्रेक लागेपछि रक्सी पिएर आफ्नो भविष्य बिगारेकी थिइन्।
२. सुष्मिता सेन: मिस यूनिवर्स भैसकेकि सुष्मिता अल्कोहल पिउने बानिले गर्दा धेरे पटक बिवादमा आइसकेकी छिन । तर सुष्मिताले भने यी सबै कुरालाई अस्वीकार गर्दै आएकी छिन ।
३. मीना कुमारी: मीना कुमारीको पनि रक्सि खाने बानि थियो। साथै रक्सीकै कारण ३९ वर्षको उमेरमा उनको निधन भएको थियो।
४. परवीन बब्बी: परविन बब्बी समयको एक सफल अभिनेत्रीहरु मध्ये एक थिइन् । उनको मृत्यु धुम्रपान, लागूपदार्थ र रक्सिको लतका कारण भएको थियो। रक्सीको लत छोड्नका लागि उनि सुधारकेन्द्र पनि गएकी थिईन्।
५. दिव्या भारती: दिव्या भारती पनि उनको समयको एक चर्चित अभिनेत्री हुन् । उनको पनि रक्सि पिउने बानि थियो र यही कारणले उनको मृत्यु कारण भएको थियो। दिव्याले रक्सीको बेहोसीमा पाँचौ तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो।
६. पूजा भट्ट: महेश भट्टको छोरी पुजा भट्ट पनि केही समयअघि रक्सि पिउथिन । र यो कुरा उनले अन्तरवार्तामा पनि भनेकी थिईन। तर हालै एक अन्तरवार्तामा उनले त्यो बानि छोडिसकेको र अब कुनै पनि लागु पदार्थको बानीमा नपर्ने उनले बताएकी छिन् ।