कुन ठाँउमा भएको कोठी कति शुभ हुन्छ, थाहा पाउनुहोस्

समुन्द्रशास्त्रका अनुसार शरीरमा आउने कुनै कोठिले मानिसहरुको जिवनमा राम्रो तथा नराम्रो फल दिने बताइएको छ । यस्तै कोठीका बिशेष रोचक प्रसंगका बारेमा आज हामी चर्चा गर्न जाँदै छौँ । त आउनुहोस् जानकारी लिउ कि शरीरको कुन भागमा आएको कोठीले फाइदा गर्दछ, कुन भागमा आएको कोठीले बेफाईदा गर्दछ । दाँया आँखी भौं माथि तथा ओठमाथि आएको कोठिले सुख वृद्धी गर्नुका साथै दाम्पत्य जिवन पनि निकै खुसि र सुखी बनाउछ तर त्यसको ठिक बिपरीत बायाँ आखिभौँ मा आएको कोठी अशुभ हुनुका साथै दाम्पत्य जिवनमा पनि दरार उत्पन्न गर्दछ ।
समुन्द्रशास्त्रको मान्यता अनुसार गर्दन र काँध जोडिएको भागमा आएको कोठिलाई निकै शुभ मानिएको छ भने गर्दन पछाडीको कोठि पनि शुभ संकेत गर्दछ । यस्तोे स्थानमा कोठि भएका मानिसहरु कर्मठ र जिवनमा सफलता प्राप्त गर्ने बताइएको छ भने गालामा कोठी भएका मानिस दिर्घायु हुनुका साथै स्वरका धनी हुने समुन्द्रशास्त्रको दाबि छ । यसैगरी समुन्द्रशास्त्रका अनुसार महिला पुरुषको काखिमा आएको कोठि पनि निकै अशुभ मानिएको छ । जसको काखीमा कोठी हुन्छ त्यसको जिवनमा केही धन हानी हुने कुराको उल्लेख गरेको पाईन्छ । त्यस्तै नाकको अघिल्लो भागमा कोठि हुनाले भोग बिलासमा जिवन ब्यतित गर्ने कुरा उल्लेख गरिएको छ ।

साथै नाकको दाहिने कोठि हुनेहरु कम मेहनत बाट धेरै पैसा कमाउने शास्त्रमा उल्लेख भएको पाईन्छ । भने नाकको देब्रेभागमा कोठि हुनुलाई अशुभ मानिएको छ । कानको तल कोठि हुनाले पारीवारिक दृश्टीबाट अशुभ मानिन्छ । यस्ता मानिसहरु बैरागी हुने कुरा उल्लेख गरिएको छ । जुन मानिसहरुको दुबै काँधमा कोठि हुन्छ ति मानिसहरु निकै संघर्ष गर्नुपर्ने तथा खुट्टामा आएको कोठि पनि निकै असुभ मानिदै आएको छ । यस्ता मानिसहरुलाई जिवनमा कठिनाई पूर्वक जिवन यापन गर्नुपर्ने समुन्द्रशास्त्रमा उल्लेख गरिएको छ ।