आफ्नो राशि अनुसार यी कुराको दान गर्नुहोस, मकर संक्रान्तिको दिन हुनेछ मनोकामना पुरा!

पौष मासको शुक्ल पक्षमा मकर संक्रान्तिको पर्व मनाउने गरिन्छ । ज्योतिषको अनुसार यस दिन सूर्य धनु राशिबाट निस्किएर मकर राशिमा प्रवेश गर्ने गर्दछ जसलाई निकै शुभ मानिन्छ । यस दिन शुभ फल प्राप्त गर्नको लागि दान र स्नान गर्ने परम्परा रहेको छ । यस दिन गरिएको दानको फल सय गुणा भएर दान गर्नेलाई प्राप्त हुने मान्यता रहेको छ । ज्योतिषमा राशि अनुसार दान गर्नाले व्यक्तिको हरेक मनोकामना पुरा हुने गर्दछ । मकर संक्रान्तिको दिन राशि अनुसार यी कुराहरुको दान गर्नु पर्दछ ।

मेष: मेष राशि भएका व्यक्ति आकर्षक र प्रभावशाली स्वभावका हुन्छन् । ज्योतिषका अनुसार मेष राशिको स्वामी मंगल हुन्। यस राशिका व्यक्ति मकर संक्रान्तिको दिन तिल दान गरे छिटै मनोकामना पुरा हुनेछ ।
वृष: यो राशि भएका व्यक्तिहरु उत्तम श्रेणीको प्रेमी हुने गर्दछन् । ज्योतिषको अनुसार यो राशिको स्वामी शुक्र हुन् । यो राशि भएका मानिसहरुले मकर संक्रान्तिको दिन उनेको वस्त्र र तिल दान गरे शुभ रहनेछ ।
मिथुन: ज्योतिषको अनुसार यो राशिको स्वामी बुध हो। यो राशिको मानिसहरुले मकर संक्रान्तिको दिन तिल दान गरे निकै लाभ मिल्नेछ ।
कर्कट: यस राशिको मानिसहरु मूडी हुने गर्दछन्। यिनीहरु आफ्नो सम्बन्ध प्रति ईमानदार हुने गर्दछन्। ज्योतिषको अनुसार यो राशिको स्वामी चन्द्रमा हो । यस राशिको मानिसहरुले मकर संक्रान्तिको दिन तिल, साबू र ऊनको कपडा दान गर्नु निकै शुभ फल प्रदान हुनेछ ।
सिंह: सिंह राशि भएका व्यक्तिहरुको सिंहको जस्तो स्वभाव गर्दछ । यिनीहरु खुल्ला विचार भएका हुने गर्दछन् । ज्योतिषको अनुसार यो राशिको स्वामी सूर्य हुन्। यो राशि भएका मानिसहरुले मकर संक्रान्तिको दिन तिल र कम्बल दान गरेमा शुभ हुनेछ ।
कन्या: ज्योतिषको अनुसार यो राशिको स्वामी बुध हो । यो राशि भएका मानिसहरुले मकर संक्रान्तिको दिन तिल, कम्बल, तेल, कालो दाल दान गरे राम्रो हुनेछ ।
तुला: ज्योतिषको अनुसार यो राशिको स्वामी शुक्र हो । यो राशि भएको मानिसहरुले मकर संक्रान्तिको दिन तेल र वस्त्रको दान गर्नुहोस् ।
वृश्चिक: ज्योतिषको अनुसार यो राशिको स्वामी मंगल हो । यो राशी भएका मानिसले आफ्नो क्षमताअनुसार मकर संक्रान्तिको दिन गरिबलाई चामल र दालको काचो खिचडी दान गर्दा शुभ हुनेछ ।
धनु: ज्योतिषको अनुसार यो राशिको स्वामी गुरु हो । यो राशिको मानिसहरुले मकर संक्रान्तिको दिन तिल र चनाको दाल दान गरे विशेष लाभ हुनेछ ।
मकर: ज्योतिषको अनुसार यो राशिको स्वामी शनि हुन् । यो राशि भएको मानिसहरुले मकर संक्रान्तिको दिन तेल, तिल, कम्बल र किताब दान गरे हरेक मनोकामना पूरा हुनेछ । कुम्भ: ज्योतिषको अनुसार यो राशिको स्वामी शनि हुन् । यो राशि भएका मानिसहरुले मकर संक्रान्तिको दिन तिल, साबुन, वस्त्र, काईयो र अन्न दान गर्नुहोस् ।
मीन: ज्योतिषको अनुसार यो राशिको स्वामी गुरु हुन् । यो राशिको व्यक्तिहरुले मकर संक्रान्तिको दिन तिल, चना, साबून र कम्बल दान गर्नुहोस् ।