बिल गेट्सलाई पछि पर्दै दुनियाँका सबैभन्दा धनाड्य बने जेफ बेजोस, कति छ उनको सम्पति? साथै यी हुन् विश्वका टप ५ धनाड्य !

ब्लूमबर्गको रिपोर्ट अनुसार ९३.३ अरव डलर (करिव ९.०७ लाख करोड नेपाली रुपैयाँ ) को नेट वर्थ साथ यस भन्दा पहिलेका विश्वकै धनाड्य व्यक्ति बिल गेट्स यस पटक दास्रो स्थानमा झर्न पुगे। यस्तो भएको यो नै पहिलो पटक भने होईन। यद्यपी यस पटक जेफ बेजोस दुनायाँकै पहिलो धनाड्य व्यक्ति बने तर यस भन्दा पहिले पनि बेजोसले नेट वर्थको मामलामा बिल गेट्सलाई पछाडि परिसकेका थिए। सन् २०१७ को अक्टोबरमा बेजोसको सम्पति लगभग ९३.८ अरव डलर (करिव ९.७६ लाख करोड नेपाली रुपैयाँ ) रहेको थियो अनि एक महिनापछि उनले पहिलो पटक १०० अरव डलर (१०.४ लाख करोड नेपाली रुपैयाँ) को आँकडा पार गरेका थिए।

एक दिनमै ठूलो बढोत्तरी गत सोमवार अमेजनको स्टक सेयरमा तिब्र गतिमा वृद्धि हुँदा बेजोसको सम्पतिमा लगभग ४८.५ करोड डलर बृद्धि भएको थियो। जेफ बेजोससँग अमेजनको ७.८९ करोडको शेयर रहेको छ।जसको शेयर मंगलवारको दिन ट्रेडिंगमा परेको समय १.४ प्रतिशतले बढेको थियो। यसै एक दिनको शेयरको ठूलो बृद्धिले नै बेजोसले ठूलो रकमले आफ्नो सम्पतिमा बढोत्तरी पाए । यस भन्दा पहिले कहिले बने बेजोस विश्वकै पहिलो धनाड्य – २८ अक्टोबरमा पनि बेजोस दुनियाका सबैभन्दा धनि व्यक्ति बनेका थिए। – २७ जुलाई, २०१७ मा अमेजनको शेयर १०५० डलर पार गरेको थियो त्यस समय बेजोसको सम्पति ९० अरव डलर भन्दा बढी भएको थियो।
विश्वका शिर्ष ५ धनि व्यक्तिहरु
१ – जेफ बेजोस : १०६ अरब डलर (करीब ११.०२४ लाख करोड रुपैयाँ) को नेटवर्थको साथ विश्वकै भन्दा धनि व्यक्ति ।
२ – बिल गेट्स : ९३.०३ अरब डलर (करिव ९.७६ लाख करोड नेपाली रुपैयाँ ) को नेटवर्थको साथ विश्वकै भन्दा धनि दास्रो व्यक्ति।
३ – वारेन बफे : नेट वर्थ ८७.३ अरब डलरका साथ वारेन बफे तस्रो धनाड्य बन्न सफल छन् ।
४ – मार्क जुकरबर्ग : फेसबुकका फाउण्डर मार्क जकरबर्ग ७७.३३ अरब डलरको नेट वर्थको साथ चौथो स्थानमा छन्।
५ – अमैनसियो अर्टिगा : विश्वका धनि व्यक्तिको सुचिमा ५ औँ स्थानमा रहेका छन्, अमैनसियो अर्टिगा। जसको नेटवर्थ ७६.६ अरब डलर रहेको छ ।