ऋतिकको ४३औं जन्मदिनमा पूर्वपत्नी सुजैनले सोशल मीडियामा फोटो शेयर गर्दै यस्तो स्टाटस लेखिन

बलिउडका चर्चितनायक ऋतिक रोशनको आज जनवरी १० तारिक अर्थात् हिजोबाट ४३ वर्षका भएका छन् । बलिउडमा आफ्नो स्मार्टनेस, लुक्स, नृत्य र कला मार्फत धेरै दर्शकहरु बनाएका ऋतिकले हिजो आफ्नो जन्मदिन धुमधामसँग मनाएका थिए । ऋतिकलाई उनको जन्मदिनमा सबैभन्दा पहिले उनको एक्स वाइफ सुजैन खानले शुभकामना व्यक्त गरेकी थिइन् । हालैमा सुजैनले आफ्नो र ऋतिकको एक तस्वीर सोशल मीडियामा शेयर गरेकी थिइन् ।
यस तस्वीरमा सुजैनले लेखिन,” तिमी सधै मेरो जिन्दगीमा चमक्दै रहनु, जन्मदिनको धेरै-धेरै शुभकामना । ” ऋतिक र सुजैनको २००० सालमा विवाह भएको थियो तर २०१४ मा नै दुवैको सहमतिमा डिभोर्स भएको थियो । विवाहको १४ वर्षमा बिछोड भएका यी जोडीहरु अहिले फेरी केही समय देखि एक साथ देखिन थालेका छन्। ऋतिकको लागी पनि सुजैनको बिशेष महत्व रहेको छ र उनि आफ्नो बच्चाको खुशीको लागि भए पनि सुजैनको नजिक रहेका छन् ।