स्वस्तिमा भन्छिन बिहेपछि निश्चल धेरै परिवर्तन भएको छ

चलचित्र नगरमा चलेको अनि जमेको नाम हो निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का । सन् २०१६ मा विवाह बन्धनमा बाँधिएसँगै यी दुईको चर्चा अझ बढी भयो ।बिशेषत युवामाझ योे जोडीलाई ‘राष्ट्रिय दाइ–भाइज’ भन्ने गरिन्छ । निर्देशक निश्चल बस्नेतले चलचित्र ‘लुट’बाट आफ्नो निर्देशकीय यात्रा सुरु गरेका हुन् भने नायिका स्वस्तिमा खड्काले मोडलिङ हुँदै ‘होस्टेल रिर्टनस्’बाट डेव्यु गरेकी हुन् ।

होस्टल रिर्टनस्’ पछि स्वस्तिमाको ‘लभ लभ लभ’ रिलिज भयो । तर यो चलचित्रले स्वस्तिमाको करियरमा खासै फाइदा पुर्‍याउन सकेन ।झ सिने नगरमा निश्चलसँग बिहे गरेपछि स्वस्तिमाको करियर उकालो लागेको भन्ने जमात पनि ठुलो छ । याे कुरालाई यी दुवैले नकोर्दै आइरहेका छन् ।
यो वर्ष भने निश्चल र स्वस्तिमाको लागी नै फाइदाजनक रह्यो । यी दुईले अभिनय गरेको दुई फरक चलचित्र ‘२ रुपैयाँ’ र ‘छक्का पञ्जा २’ सफल भए ।

प्राय आयोजना हुने कार्यक्रममा निश्चल र स्वस्तिमा साथमा हुन्छन् । तर पछिल्लो समय निश्चल र स्वस्तिमाको वैवाहिक सम्बन्ध राम्रो नरहेको समेत कुरा हुन थालेको छ । यस विषयमा सिनेपाटीसँग कुरा गर्दै स्वस्तिमा भन्छिन् ‘बाहिर विभिन्न कुराहरू आउँछ, तर हाम्रो सम्बन्ध पहिलेको भन्दा अझ बलियो छ। ’ उनी थप्छिन् ‘विवाह पछि स्वतन्त्रता फरक हुँदो रहेछ । विवाह अघिको निश्चल र विवाह पछिको निश्चलका सकारात्मक परिवर्तन आएको छ ।