धेरै पुरुषहरुसँग रिलेसनमा बसेकी विपासा, यि हुन् विपासासँग रोमान्स गर्ने ह्याण्डसमहरु

सुन्दरी नायिका विपाशा बसू अहिले गुमनाम छिन् । कुनै समय बलिउडमा बोल्ड एन्ड ब्युटी भनेर चिनिएकी यि सुन्दरी नायिका सबैभन्दा बढी चर्चित त्यतिबेला बनिन् जतिबेला उनी १० वर्षसम्म नायक जोन अब्राहमसँगको प्रेम सम्बन्धपछि ब्रेकअपको मोडतिर पुगीन् । आँखे, गुनाह, जिस्म, जमिन, एतबार, मदहोसी, फिर हेराफेरी, धुम–२, रेस, लगायत ५५ बढी फिल्ममा अभिनय गरेकी उनी अहिले पनि विपाशाको कामुक छविका कारण बेला बेलामा चर्चामा आइरहने गर्छिन् ।

हाल करोड जोहरीकी श्रीमती बनिसकेकी विपासा डिनो मोरियासँग ६ वर्षसम्मको प्रेम रोामन्सपछि अलग्गीएकी हुन् । उनीसँग सम्बन्ध दिगो हुन नसकेपछि अर्का नायक जोन अब्राहमसँग पनि उनको दोस्ती मजाले जम्यो । लगभग १० वर्ष उनीहरू रिलेसनमा रहे । उनीहरूको लभ केमेस्ट्रीको पनि राम्रै चर्चा हुन्थ्यो । एक दशक रिलसँग रियल रोमान्समा रमाएका विपाशा र जोनको सम्बन्ध टुटेको खबरले केही दर्शक समेत दुःखी भए । हरमन बाबेजासँग पनि उनको दोस्ती राम्रै थियो । तर, सम्बन्ध दिगो हुन सकेन । अहिले भने उनको जोडी करण सिंह ग्रोवरसँग मज्जैले जमेको छ ।