माघे संक्रान्तिमा खाइने लड्डुका फाइदाहरु यस्ता छन्

हामीले खाने तिलको लड्डुले स्वास्थ्यमा फाइदा पुर्याउँछ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । तर जाडोयाममा यस्तो लड्डु खाँदा शरिरमा चिसोको असर कम हुने गर्दछ । माघे संक्रान्ति हिन्दुहरुले मनाउने विभिन्न चाड मध्येको एक हो । तिलको लड्डु हामी माघे संक्रान्तिमा खाने गर्दछौ । एकदिन खाइने लिको लडडुले हामीलाइ धेरै फाइदा गर्छ । तिललाई अचारमासमेत हालेर खाने गर्छाै । माघे संक्रान्तिका दिन घ्यू, चाकू, तरुल, तिलको लड्डुलगायत विभिन्न खानेकुरा खाने गरिन्छ । यस दिन तिलको लड्डुले विशेष महत्व राखेको हुन्छ ।
तिलको लड्डुको फाइदाहरु :
तौल कम गर्छः तिलको लड्डु सख्खरको मिश्रणले बनाइने भएकाले यी दुईको सेवनले शरिरको मेटाबोलिजम बढाएर तौल कम गर्न सहयोग गर्दछ ।
सुन्दरता बढाउँछः तिलसँगै सख्खर खाँदा शरिरको टक्सिन बाहिर आउँछ जसले छालालाई नरम र चम्किलो बनाउँछ ।
मुटु रोगः यसमा पोटासियम हुन्छ जसले मुटु रोगको समस्याबाट बच्न सहयोग पुर्याउँछ ।
रुघा खोकीः यो खाँदा शरिरमा प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ र रुघा खोकीबाट राहत प्रदान गर्दछ ।
क्यान्सरः तिलमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सरको सेल्सको गठन हुन रोकिदिन्छ ।
जोर्नी दुखाईः यसमा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन सहयोग गर्दछ र जोर्नी दुखाईबाट राहत प्रदान गर्दछ ।
पाचनमा सहयोगः शख्खरमा र तिलमा फाइबर हुन्छ जसले पाचन शक्तिलाई बलियो बनाउँछ र कब्जियतको समस्याबाट बचाउँछ ।
चोटपटकः यसमा जिंक हुन्छ जसले चाँडै नै चोटपटक ठिक गर्न सहयोग गर्दछ ।
गर्भावस्थामाः सख्खर र चनामा आइरनको मात्रा अत्यधिक हुन्छ जसले गर्भावस्थाको क्रममा रगतको कमी टाढा राख्न मद्दत गर्दछ ।