सांसदहरु नै चकित पर्ने गरि आपत्तिजनक शब्द प्रयोग गर्दै अप्रवासी विरुद्ध खनिए अमेरिकी राष्ट्रपति ट्रम्प

संयुक्त राज्य अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्प अप्रवासीहरुका विषयमा निकै अनुदारवादी व्यक्ति हुन्। उनले कहिले डिभी लोटरी परेर अमेरिका आएका मनिसहरुलाई रद्दीको टोकरीबाट झिकिएका मानिसको संज्ञा दिन्छन्, त कहिले सबै अप्रवासीलाई अमेरिकाबाट धपाउने अभिव्यक्ति दिन्छन्। फेरी उनि अमेरिकी राष्ट्रपति ट्रम्पले हाइटी, एल साल्भाडोर लगायतका अफ्रिकी मुलिकहरुबारे निकै अपमानजनक र आपत्तिजनक शब्द प्रयोग गरेका छन् । हृवाइट हाउसमा सांसदहरुसँग भएको बैठकमा ट्रम्पले ‘किन काम नलाग्ने देशका मानिसहरुलाई आउन दिनुपर्‍यो ?’ भनेका छन् ।

उनले ‘हामीलाई किन हाइटीका अरु मानिस चाहियो ? उनीहरुलाई बाहिर निकाल’ समेत भनेका थिए । ओभल हाउसमा भएको बैठकमा ट्रम्पले प्रयोग गरेको शब्दले कतिपय सांसदहरु नै चकित परेका थिए । यसबारे हृवाइट हाउसले कुनै प्रतिक्रिया दिएको छैन । वासिङटन पोष्टकाअनुसार ट्रम्पले नर्वे जस्ता देशका मानिसहरुलाई ल्याउनुपर्नेमा जोड दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साताको सुरुमा नर्वेका प्रधानमन्त्रीसंग हृवाइट हाउसमा भेटवार्ता गएका थिए।