किन भयो शाहरुख खानकी छोरीले चाऊचाऊ बनाईरहेको फोटो एकाएक भाईरल?

सन् २०१८ संगै बलिउडका कैयौं सुपर किडस् (सेलिब्रेटीका छोराछोरी) अब डेब्यू गर्ने तयारीमा छन् । त्यसैकारण उनीहरुको चर्चा हुनु स्वभाविक नै हो, तर किङ्ग खान शाहरुखकी छोरी सुहाना भने छुट्टै कारणले चर्चाको सिखरमा रहने गर्छिन्। कहिले उनले लागाएको महँगो कपडा देखि लिएर कहिले साथीसंगीसँग देखिँदा समेत चर्चाको पत्र र समाचार बन्छिन् उनी। तर यसपटक भने शाहरुख पुत्री सुहानाले भान्छामा खाजा बनाईरहेको फोटो समेत भाईरल भएपछी पुन: उनी सामाजिक संजाल र समाचारहरुमा छाईरहेकी छन्। अहिले उनको तस्विर सोशल मीडियाहरुमा भाईरल भैरहेको छ। जुन फोटोमा उनले चाऊचाऊ बनाईरहेकी छन्। तस्विरमा उनि चाऊचाऊ बनाईरहँदा सुन्दर देखिएकी छन्।

खासमा बलिउडका ठूला सेलिब्रेटीका घरमा काम गर्ने थुप्रै कामदार हुने गर्छन। यद्यपी सुहानाले आफैले चाऊचाऊ बनाईरहेको देख्दा यति ठूलो सेलिब्रेटीकी पुत्रीले आफैले खाजा बनाएको कुरालाई धेरै मानिस तथा मिडियाहरुले निकै ठूलो बिषय बनाएका कारण अहिले सुहानाको तस्विर भाईरल भैरहेको हो। मुम्बईको धीरूभाई अम्बानी इन्टरनेसनल स्कूलमा पढ्ने शाहरुख पुत्री सुहानको अहिले छुट्टी चलिरहेको छ। हालै मात्र शाहरुख खानले एउटा ट्वीटमा भनेका छन्, ‘छोरा आर्यन र छोरी सुहानाकोप छुट्टीपछि कालेज र स्कूल खुल्नेछ, जसले गर्दा म केहि दुखी हुनेछु।’ उनले छोरा-छोरीको विदा सकिएपछि आफूले छोरा छोरीसँग बिदामा बिताएको समय मिस गर्ने कुरा ट्वीटमा अभिव्यक्त गरेको प्रष्टै देखिन्छ। शाहरुखका १९ वर्षीय जेठा छोरा आर्यन अहिले अमेरिकाको क्यालिफोर्नियामा फिल्म मेकिङ्गको कोर्स गरिरहेका छन्। उनका सानो छोरा अबराम पनि सुहानाले पढ्ने स्कूलमै पढ्छन्। उनि अहिले ५ वर्षका छन्।