वास्तुशास्त्र अनुसार पुजा घरमा नगर्नुहोस यस्ता ५ गल्ति, हुनेछ अशुभ

हिन्दूधर्ममा पूजा र वर्तको विशेष महत्व रहेको हुन्छ । मानिसहरु भगवानको आशीर्वाद पाउने आस्थाले मन्दिर जाने गर्दछन् । त्यो बाहेक घरमा शुख-शान्ति र समृद्धि पाउनको लागि पूजा घर बनाउने गर्दछन्। जहाँ विभिन देवी-देवताको मूर्ति र तस्वीरहरु राख्ने गरिन्छ । तर कैयौ पटक जानी-नजानि केहि गल्तीहरु भईरहेको हुन्छ जसले गर्दा घरको पूजा स्थान बाधक बन्ने गर्दछ । वास्तुशास्त्र अनुसार यसबाट धेरै थरिका समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ ।


१. धेरैजसो मानिसहरु आफ्नो सुत्ने कोठामा पूजा स्‍थान बनाउने गर्दछन् जुन वास्तुशास्‍त्र अनुसार ठिक मानिदैन । सुत्ने कोठामा पूजा घर हुनु हुदैन किनकि यसले पार‌िवार‌िक जीवनको सम्बन्धमा समस्या आउने गर्छ ।
२. आजकल घरमा मन्दिर बनाउने प्रचलन बढेको छ । जबक‌ि वास्तु व‌िज्ञानको अनुसार घरमा पूजाको स्‍थान छुट्टै हुनुपर्छ तर मन्दिर नै हुनु भने नराम्रो मानिएको छ । मन्दिर खुल्ला स्थानमा हुनु वास्तुको अनुसार उचित रहेको छ ।
३. पूजा घरमा पुरानो भएको फूल, माला, अगरबत्त‌ि जम्मा गरेर नराख्नुहोस् । यसबाट नकारात्मक उर्जाको संचार हुने गर्दछ ।