राष्ट्रपतिले दिइन प्रचण्ड परिवारलाई डिनर, तर बुहारी सिर्जना भने देखिइनन्

राष्ट्रपति विद्यादेवि भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई शुक्रवार साँझ शितल निवासमा डिनर दिएकी छिन् ।राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब सहभागी थिए।

डिनरमा जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्य लगायत उनीहरुका सबैजना छोराछोरी समेत सहभागी बने ।अर्की बुहारी सिर्जना त्रिपाठी भने देखिइनन् ।दिउँसो म्याग्दीको कार्यक्रममा सहभागी भएर साँझ प्रचण्ड काठमाडौं फर्के लगत्तै उनी परिवारसहित डिनरका लागि राष्ट्रपति निवास पुगेका थिए। राष्ट्रपतिसँग डिनरवारेको तस्वीर प्रचण्डका कान्छा ज्वाई जीवनले फेसवुक मा राखेका थिए ।