पहिलो पटक भारतीय यी अमेरिकी नागरिकलाई मृत्यु दण्डको सजाय दिईदै, तोकियो मिति!

पहिलो भारतीय अमेरिकी कैदीलाई अघिल्लो महिनामा मृत्यु दण्ड सजाय दिईने भएको छ । ३२ वर्षीय रघुनंदन यंदमुरीलाई एक निर्दोष बच्चा र उसको भारतीय हजुरआमाको हत्याको अभियोगमा दोषी पाईएको छ । रघुनंदनलाई २०१४ मा मृत्युको सजाय दिईएको थियो । हत्याराले ६१ वर्षकी भारतीय महिला र उनकी १० महिनाकी नातिनीलाई अपहरण गरेर हत्या गरेका थिए । यस मामलालाई फिरौतीको लागि अपहरणको रुपमा देखाईएको थियो । स्थानीय अधिकारीहरुको अनुसार रघुनंदनलाई २३ फेब्रुअरी मृत्युको सजाय दिईने मिति निर्धारित गरिएको छ ।

उनको सजाय स्थगित पनि हुन सक्ने अनुमान लगाईएको छ। किनकि पेंसिल्वेनियाका गभर्नर टम भेल्फले २०१५ बाट मृत्युदण्डको सजायमा रोक लगाएका थिए । रघुनंदन पहिलो भारतीय अमेरिकी नागरिक हुन् जसले मृत्युको सामना गर्ने भएका छन् । फिरौतीको लागि हत्या गरिएको भन्दै संघीय अधिकारीहरुले आरोप लगाएका थिए। भारतको आंध्र प्रदेशमा घर भएका रघुनंदन एचवानबि (H-1B) भिजामा अमेरिका आएका थिए । उनले इलेक्ट्रिकल र कम्प्युटर साइन्समा ईन्जिनियरिंग डिग्री गरेका छन् । दोषी साबित भएपछि उनले भने कि उनलाई मृत्युको सजाय दिईयोस । स्थानीय मीडिया रिपोर्टको अनुसार उनलाई बिषालु ईन्जेकसन दिएर २३ फेब्रुअरीमा मृत्युको सजाय दिईने छ ।