आज महाशिवरात्रि विशेष: १०० वर्ष पछि बनेको छ यस्तो अद्भुत संयोग

१०० वर्ष पछि यस वर्ष महाशिवरात्रिमा विशेष संयोग बनेको छ। यस विधि अपनाई पूजा गरेमा तपाईको सबै मनोकामना पूरा हुनेछ।मंगलबारको दिन आज १०० वर्ष पछि प्रदोष ब्रत, महाशिवरात्रि र त्रयोदशी गरी तीन विशेष संयोग बनेको छ। यस्तोमा भगवान शिवको पूजा अर्चना गरेमा मनोकामना पूर्ण हुन्छ।

ज्योतिषले बताए अनुसार यो शिवरात्रिमा सय वर्ष पछि प्रदोष ब्रत, महाशिवरात्रि र त्रयोदशीका विशेष संयोग बनेको छ। यो संयोग आज मंगलबार रातको १०:३४ मिनेट सम्म रहनेछ। यस अवधिमा भगवान शिवलाई जल चढाएमा सम्पूर्ण मनोकामना पूरा हुनेछ।

ज्योतिषाचार्यले बताए कि भोलि बुधबार पनि त्रयोदशी तिथि बिहानको ८:०४ सम्म रहनेछ। त्यो समयमा पनि भगवान शिवलाई जल चढाउन सकिन्छ। उनले बताए कि मंगलबारको मध्यरातमा भगवान शिवको आरती जलाउनुहोला। शिवरात्रिमा मन्दिरको प्राङ्गनमा श्रद्धालु भक्तजनहरुलाई ध्यान कक्ष बनाएको छ।

ज्योतिषाचार्यका अनुसार भगवान शिवलाई परापुर्वकालदेखि नै नरिवल र मिठाई चढाउने परम्परा चलिआएको छ। जो भक्तहरु आफ्नो मनोकामना पूर्ण होस् भन्ने चाहान्छन, उनीहरुले नरिवल र मिठाई भगवान शिवलाई चढाई पूजा अर्चना गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *