चर्चित अभिनेत्री गौरी मल्ललाई पितृ शोक!

एक समयकी सफर र चर्चित अभिनेत्री गौरी मल्लको ८४ वर्षीय पिताको निधन भएको छ । अभिनेत्री गौरी मल्लको पिता धनबहादुर मल्लको सोमबार नै निधन भएको हो । यसअघि गौरीले नै बाबु धनबहादुरको स्याहार गरिरहेकी थिइन्।

पूर्व मेजर समेत रहेका मल्लको सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । उनको अन्त्यष्टि सोमबार बेलुका पशुपति आर्यघाटमा गरिएको हो। अभिनेत्री गौरी मल्ल पछिल्लो केहि समययता भने ‘सिंहरदरबार’ टेलिसिरीयलमा प्रथम महिला प्रधानमन्त्रीको रुपमा प्रस्तुत भएकी छिन्। उनले दर्जनौँ नेपाली चलचित्रमा अभिनय गरेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *