आश्चर्यजनक घटना: डाक्टरले यी महिलाको आखाबाट निकाले १४ किरा!

यकीन गर्न नसकिएला तर यो यथार्त हो कि अमेरिकामा डाक्टरहरुले एक महिलाको आखाबाट १४ किरा निकालेका छन् । मानवजातीको आखाबाट किरा निस्कनु यो पहिलोपटक भएको घटना हो । अमेरिकाको ओरेगांवमा बस्ने एब्बी बैक घोडसवारी र फिशिंगको शौखिन उनी जनावरहरुसँग नजिक रहने गर्छिन । जसको कारण उनी यस्तो बिरामी भएकी हुन् ।

एक दिन जब उनी घोडसवारीपछि आफ्नो घर फर्किन तब उनलाई आफ्नो आखामा केही समस्या भएको महसूस भएको थियो र आखा चिलाउन थालेको थियो । यस समयमा जब उनले आफ्नो आखा माडीरहेकी थिइन् तब उनको आखाबाट एक किरा निस्कियो । त्यसपछि उनी हत्तपत्त डाक्टरमा गईन्। जहाँ उनको आखाबाट १३ थप किराहरु निकालियो । अमेरिकी सेन्टर फर प्रिवेन्शन डीसीजको वैज्ञानिक अनुसार २६ वर्षीया एब्बी बैकलेको आखाबाट २० दिनमा कुल १४ किरा निकालियो जसको आकार १.२६ सेन्टीमीटर सम्मको थियो ।

जर्नल अफ ट्रपिकल मेडिसिन एण्ड हाइजीनले छापेको रिपोर्टअनुसार एब्बी बैकलेको आखामा यस्तो किराहरु पाईयो जुन अहिलेसम्म केवल कुकर, बिरालो र अन्य जनावरमा मात्र देखिएको थियो । कुनै मानवको आखाबाट यस प्रकारको किरा निकालिएको घटना यो पहिलो हो । यी किरा ‘थेलेजिया गुलोसा’ प्रजातिका हुन् । अमेरिकन जर्नलको रिसर्चले बताए कि यो भन्दा पहिले यस प्रजातिको किरा दक्षिणी क्यानडा र उत्तरी अमेरिकाको पशुहरुमा देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *