सर्जक एकनारायण भण्डारीको गीत ‘छिपछिपे पानीमा लेऊ’ सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । करिब दुई दशकदेखि नेपाली गीतसंगीतको क्षेत्रमा रहेका बहुचर्चित सर्जक एकनारायण भण्डारीको पछिल्लो गीत ‘छिपछिपे पानीमा लेऊ’ सार्वजनिक भएको केही समय नबित्दै चर्चाको शिखरमा पुग्न सफल भएको छ ।

नेपाली गीतसंगीत पारखीको ढुकढुकी समेत रहेका भण्डारीले यो पटक निकै रमाइलो गीत ‘छिपछिपे पानीमा लेऊ’ बोलको गीत सार्वजनिक गरेका हुन् । सांगीतिक क्षेत्रमा जादु चलाएका भण्डारीको शब्द संगीतमा रहेको गीतमा गायिका बिष्णु माझी र पिताम्बर जिसीले आवाज दिएका छन् ।

उक्त गीतको म्यूजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रका सफल नायक दिलिप रायमाझी र सुरक्षा पन्तको नृत्य रहेको छ । राजेश घिमिरेको छायांकनमा रहेको म्यूजिक भिडियोलाई पछिल्लो समय निकै चर्चामा रहेका निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् । सुन्दै नाचु नाचु लाग्ने गीतलाई बिष्णु शर्माले सम्पादन गरेका छन् । टिपिकल लोकदोहोरी गीतले बजारमा एकतर्फी चर्चा पाएको बेला सर्जक भण्डारीको गीतले पनि राम्रो चर्चा पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *