जिउँदो अक्टोपसलाई खान खोज्दा एक युवतीको भयो यस्तो विजोक ,हेर्नुस् (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सि–साइड गर्ल लिटल सेभेन नामबाट लाइभ गरेर स्ट्रिम गर्ने युवतीले सीफूडको मज्जा लिइरहेको थुप्रै भिडियोले धेरै मानिसहरुको ध्यान खिचिरहेको हुन्छ । जहाँ युवतीहरुले भिन्न भिन्न किसिमको भिडियोहरु पोष्ट गर्दछन् ।

यो पटक एक युवतीले जिउँदो अक्टोपस खाएर नयाँ भिडियो पोष्ट गर्ने विचार गरिन् । तर उनको त्यो प्रयास सफल हुन सकेन् । किनभने उनले जिउँदो अक्टोपसलाई खान खोज्दा उल्टै अक्टोपसले युवतीको गालामा घाउ पारिदिएको छ । अहिले सामाजिक सञ्जालमा उक्त भिडियो चर्चामा छ । ५० सेकेन्डका भिडियोमा युवतीले अक्टोपसलाई खान खोज्दा उल्टै गालामा टाँसिएर रातो घाँउ जस्तै बनाएको देखिन्छ । जहाँ उनी अनुहारबाट अक्टोपस हटाउनको लागी चिच्याएकी छिन् ।

युवतीको कुवाइसाउ अकाउन्टका अनुसार उनी लियानयुङगाङ्ग शहरमा बस्छिन् । र सीफुड मन पराउँछिन् ।उनले यो भन्दा अगाडि पनि भिडियो हालेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *