साहसी एयरहोस्टेस्, जलिरहेको विमानबाट आफ्नो ज्यान जोखिममा राखेर यसरी बचाइन ३१ यात्रु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । जलिरहेको विमानबाट आफ्नो ज्यान जोखिममा राखेर ३१ जना यात्रुलाई बचाएपछि उक्त विमानकी एयरहोस्टेजको चर्चा चुलिएको छ । दुई दिन अगाडी मस्कोको सेरेमेटयेभो एयरपोर्टमा दुई दिन अगाडी मात्रै भएको विमान दुर्घटनामा एयरहोस्टेजले यात्रुलाई बचाइकी थिइन् ।

आगो लागिसकेपछि आपतकालिन अवस्थामा अवतरण गरेको विमान आधा भाग जलिसकेको थियो । आधा भाग जलिसकेको विमान भित्र रहेको यात्रुको अवस्था कस्तो थियो होला र एयरहोस्टेजले कसरी उद्दार गरिन होला भन्ने कुरा हामी कल्पना समेत गर्न सक्दैनौँ । जब विमानलाई आकस्मिक अवतरण गरियो तब उनले आफुमा भएको धर्यता नगुमाइ यात्रुको कठालोमा समात्दै बाहिर निकालिन । यतिब गर्दा पनि उक्त विमानमा सवार रहेका ४१ यात्रुले ज्यान गुमाइसकेका थिए ।

उनले भनिन् जब विमान रोकियो त्यसपछि मैले लातीले हानेर विमानको ढोका खोले । त्यसपछि यात्रुहरुलाई तान्दै धक्का दिएर बाहिर निकाँले । ३४ वर्षिय तान्या भन्छिन्, विमानको पछाडीको भाग आधा भन्दा धेरै जलिसकेको कारण हामी विमान खाली गर्ने प्रयासमा थियौ ।आगो तिब्र गतिमा हामी भएको तिर बढिरहेको थियो । यसरी जलिसकेको विमानबाट पनि आफु बाच्न सफल भएको भन्दै एयरहोस्टेस तान्यानालाई बाचेका यात्रुुले खुलेर प्रसंसा गरिरहेका छन् ।

आपतकालिन बाटोलाई अपनाएकी तान्यानाले सहि निर्णय लिएको कारण तत्काल यात्रु र आफ्नो ज्यान बाच्न सफल भएको बताएकी छन् । आगो र धुँवाले भरिएको विमानभित्र रहेका हामीलाई भगवानको रुपमा आएकी एयरहोस्टेजले बचाएकोमा उनलाई धेरै धेरे धन्यवाद । २ बच्चासहित ४१ जना यात्रुले ज्यान गुमाएको विमानमा ७३ यात्रु सवार रहेका थिए । विमान मस्कोबाट मुरमान्स्क गइरहेको थियो । चट्याङबाट निस्केको आगोको कारण विमान दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *