कागती र ल्वाङको प्रयोग गरेर यसरी भगाउनुहोस् लामखुट्टे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गर्मीयाम सुरु भएसँगै लामखुट्टेले निकै सताएको हुन्छ । लामखुट्टे यस्तो किरा हो । जसले विभिन्ने किसिमका रोगहरु संक्रमणलाई बढाउँछ । लामखुट्टको टोकाइबाट गर्मी ठाउँका मानिसहरु बिरामी हुनेका संख्या वर्षेनी बढ्दै गएको छ । लामखुट्टे हटाउन अनेक प्रयास गर्दा पनि नहटेपछि यो साच्चै झन्जटिलो हुन्छ । त्यसकारण यस्तै दिक्क लाग्दो समस्याबाट हैरान हुनुभएको छ भने आज हामी तपाईहरुलाई केही सजिलो घरेलु उपायबारे बताउन गइरहेका छौँ । जसको प्रयोगले सजिलै लामखुट्टेलाई भगाउन सकिन्छ ।

कपुर र पानी : लामखुट्टे भगाउने सजिलो उपाय हो कपूर पानी । त्यसको लागि दुई टुक्र कपूरमा एक चौथाइ पानी हाल्ने । आफु बस्ने सुत्ने कोठामा राख्नुहोस् यसो गर्दा लामखुट्टे घर भित्र पस्न सक्दैन् ।

कागती र ल्वाङ : कागती र ल्वाङ लामखुट्टे भगाउने जादु हो । यसको गन्ध लामखुट्टलेलाई मन नपर्ने भएकाले लामखुट्े सजिलै भाग्छ । त्यसको लागि कागतीलाई बीचमा काटेर दुई टुक्रा बनाउने र त्यसमा ५ देखि ६ टुक्रा ल्वाङ राख्ने । यसो गरेपछि लामखुट्टे कोठमा बस्न सक्दैन् ।

लसुन : यदि तपाईले घरमा लसुन बढी हालेको खाना प्रयोग गर्नुहुन्छ भने लसुन खाएको लामखुट्टे भाग्छ ।

आयुवेर्दिक स्प्रे : यदि तपाई घरमा लामखुट्टे हटाउने क्रिम धुप जस्ता चिजहरु प्रयोग गर्नुहुन्छ भने यसलाई छोडिदिनुहोस् । अब आफै बनाएको फ्रेस क्रिमको प्रयोग गरेर लामखुट्टे भगाउनुहोस् । त्यसको लागि तुलसी, पानी र भोड्का जस्तै घरमा उपलब्ध हुने सामाग्री चाहिन्छ । सुरुमा तुलसी र पानीलाई उमाल्ने र त्यसमा उमालेको तुलसी निचोरेर सफा बोतलमा राख्ने । बोतमा जति पानी छ त्यति नै भोड्का राख्ने । अब त्यसलाई घरको वरपर राम्रोसाग छिट्नुहोस् लामखुट्टे आउँदैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *