के तपाईको बच्चाले माटो खाएर हैरान बनाएको छ ? अपनाउनुहोस् घरेलु यी उपाय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । कस्तो चिज खाने कस्तो चिज नखाने भन्ने थाहा नहुँदा सानो बच्चा बेलामा सायद तपाई हामीेले पनि थुप्रै माटो खायौँ होला । सामान्यतया सानो बच्चा बेलामा बच्चाले माटो खानुलाई सामान्य लिइन्छ । तर कतिपय बच्चामा भने माटो खाइरहेने बानीको कारण अभिभावकहरु हैरान भएका हुन्छन् ।

यदि यस्तो समस्या बच्चामा छ भने गाली गरेर हैन सम्झाएर यस्तो बानीलाई हटाउने प्रयास गर्नुपर्छ । धेरै माटो खाने बच्चामा पेटसम्बन्धी समस्या देखिन्छ । त्यसकारण आज हामी तपाईहरुलाई माटो खाने बच्चालाई यस्तो लतबाट कसरी छुटाउने भन्ने बारे बताउन गइरहेका छौँ ।

मह र केराको सेवन  : पाकेको केराको साथमा मह मिसाएर खुवाउने गर्नुहोस् । यसमा बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्व प्रसस्त मात्रामा पाइने भएकाले बच्चालाई भोक लागेको अनुभूति हराउँछ । त्यसकारण माटो तिर ध्यान जाँदैन् ।

ल्वांग :  ल्वांगलाई मसिनो पारेर पिस्ने र उमालेको पानीमा हालेर खुवाउने । यसो गर्दा बच्चाले माटो खाने समस्या केही हद सम्म हटेर जान्छ ।

अजवाइन पाउडर : हरेक उमेर समूहको मानिसले प्रयोग गर्न सक्ने अजवाइन पाउडर निकै फाइदाजनक रहेको छ । बच्चाको माटो खाने बानी हटाउनको लागि मनतातो पानीमा अजवाइन पाउडर मिसाएर खुवाउनुहोस् । यसो गरेको एक दुई हप्तामा माटो खान छोड्छन् ।

आँपको बिया : माटो खाने बानी भएका बच्चाको पेटमा भएको किरा मार्ने आदत छुटाउनको लागि आँपको बयालाई पिसेर हरेक दिन पानीमा सिाएर खुवाउने गर्दा त्यस्तो बानीबाट छुटकारा दिलाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *