नेपाली नेताले सिक्नै पर्ने कुरा, नेदरल्याण्डका प्रधानमन्त्री दैनिक साइकल चढेर पुग्छन् कार्यालय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपालमा राष्ट्रपति उपपराष्ट्रपति, प्रधानमन्त्रीको सवारी हुँदा नेपाली जनताले हरेक पटक सास्ती खेपिररहेको बेला नेदरल्याण्डका प्रधानमन्त्रीले कार्यालय जाँदा साइकल चढेर जाँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । नेपालमा सरकारी अहोदामा रहेका विशिष्ट व्यक्तिहरु सवारी हुँदा पनि सडक नै खाली गर्नुपर्छ । जबकी यसबाट सास्ती पाउने भनेको सर्वसाधारण जनताले हो ।

सडक खाली गर्न त स्वभाकि नै हो । तर बाहिरी देशमा नेताको सवार हुँदा आकाशमा पनि खाली गर्नुपर्ने हुन्छ । घण्टौँसम्म जहाज आकाशमा नै जाममा बस्नुपर्ने अवस्था हुन्छ ।  नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरलाई कही बाट धम्कीका खबरहरु आएका हुँदैनन् र पनि उनीहरुको सुरक्षा गर्ने मानिसहरु धेरै हुन्छन् । तर अमेरिका, रुस, बेलायत, भारत, इजराय जस्ता देशहरुको राष्ट्रप्रमुखलाई विभिन्न ठाउँबाट धम्कीहरु आइरहेको हुन्छ । तर पनि उनीहरुको सुरक्षागार्ड सिमित रहेका हुन्छन् ।

विश्वकै धनी देश मानिएको एक युरोपको नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुथ भने साधारण साइकल चढेर दैनिक आफ्नो कार्यालय जाने गर्छन् । न उनीसँग भिआइपी कार छ न उनको अंगरक्षक छन् । संबैधानिक राजसंस्थान रहेको नेदरल्याण्डमा कुनै सोधपुछ बिना नै राजदरबारमा गई राजालाई भेट्ने चलन छ । जहाँ राजालाई भेट्न जान कुनै पनि रोकठोक गरिएको छैन् । जनतालाई असल नैतिक शिक्षा नेताले सिकाउनुपर्ने हो तर नपालका नेताहरु सत्ताको दुरुपयोग गरेर लुटतन्त्र मच्चाइरहेका छन् । जनताले तिरेको करमा उनीहरु मोज मस्ती गरिरहेका छन् ।

नेपालका नेताले मितव्ययी अपनाएर पजुल खर्च जोगाएर सम्मान पाएको कहिल्यै सुनिएको छैन् । सत्तामा पुगेका नेताहरुले राज्यकोष दोहन गरेर गरिब देशलाई झन गरिब बनाएका छन् । न उनीहरु अरु देशका नेताहरुबाट केही राम्रा कुरा सिक्छन् न सम्मान योग्य काम गरेर नै देखाउँछन् । उनीहरुमा सामन्ती शासन र राजा महाराजाको भन्दा फरक काम देखिएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *