सावधान ! प्लासिटकको भाँडाले निम्त्याउँदैछ यस्तो गम्भिर समस्या, भविष्यमा जेनेटिक चेन्ज ल्याउन सक्ने विज्ञको चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । प्राय हरेक घरको भान्सालाई सजाउनकै लागि भएपनि प्लास्टिकको भाडा प्रयोग गरेको देख्न सकिन्छ । सस्तो सुलभ तथा सहजै उपलब्ध गर्न सक्ने भएकाले प्राय धेरै नेपालीको भान्सामा प्लास्टिकको भाँडाकुडा सजाइएको हुन्छ ।

यद्यपी यस्ता सामाग्रीले जति बजार लिएको छ त्यतिकै मात्रामा प्लास्टिक र प्लास्टिकको भाँडा कुडाको खतरा पनि बढ्दै गएको छ । यस्ता सामाग्रीमा भएको रसायन नै स्वास्थ्यमा पर्ने गम्भिर खतरा हो । प्लास्टिकजन्य वस्तु लाई शुद्ध वस्तुको रुपमा लिनु हुँदैन् । प्लास्टिकका सामाग्रीलाई औधोगिक रसायनले कडा वा नरम बनाइएको हुन्छ ।

यदि त्यसो हो भने के हामीले प्रयोग गर्ने पानीको जार स्वास्थ्यको लागि कति हानिकारक छ त ?

पोलिकार्बोनेटेड केमिकलबाट बनेको पानीको जारमा अत्याधिक मात्रामा औधोगिक रसायन बिसफिननल ए , थाइलाइड्स, अक्सिडिन र पोलिकार्बन पाइन्छ । जुन स्वास्थ्यको लागि निकै हानिकारक रहेको हुन्छ । हामीले प्रयोग गर्ने जारमा चिसो वा तातो गरेर पानी राखियो भने खतरनाक हुन्छ । प्लास्टिकको भाँडामा खानेकुरा राखेर खाने गरेको छौँ भने त्यसले स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । जसको कारण एलर्जिी हुने, मानसिक समस्या पक्षघात, वंशाणुगत परिवर्तन जस्ता समस्याहरु आउने गर्छ ।

प्लास्टिकको प्रयोगले हर्मोनल चेन्ज ल्याउन सक्छ ः प्लास्टिकका सामाग्रीको मुख्य समस्या भनेको मानव जीवनको हर्मोनलाई परिवर्तन गर्छ । यस्तो समस्या कतिमा पछि देखिन्छ भने कतिमा तत्कालै पनि देखिन्छ । यस्ता रसायनले महिलाका शरिरमा पुरुष व्यवहार र पुरुषमा महिला महिलाहरमा पुरुष व्यवहार देखिन सक्ने सम्भावना धेरै हुने विशेषज्ञहरुको भनाइ छ । सहज र सस्तो मूल्यमा पाइने यस्ता सामाग्रीले मानव स्वास्थ्यमा समस्या आउने निश्चित रहेको छ । गर्भवती महिलाको लागि र बालबालिकाको लागि प्लास्टिकको भाँडा सहज त छनै तर यसको असर भने ठूलो रहेको छ ।

यस्ता सामाग्रीमा हुने असरले प्रतिरक्षा प्रणाली कमजोर हुनेहरुमा बढी असर गर्छ । र प्रतिरक्षा प्रणलाीलाई कमजोर बनाउँछ । गर्भवती भएकी महिलाको पेटमा भएको बच्चालाई मानसिक पक्षघात, शारिरिक अपांगता, मुटुसम्बन्धी रोग जस्ता समस्याहरु देखा पर्छ । वयस्क तथा गर्भवती महिलामा स्तन क्यान्सर, मधुमेह, मुटुसम्बन्धी समस्या, घाँटीको क्यान्स्र,रिस उठ्ने, जस्ता समस्याहरु निम्तने गर्छ । बच्चा अपांग समेत बन्न सक्छ । गर्भवती महिलामा हुने परिवर्तनको कारण बच्चाको प्रतिरक्षा प्रणली कमजोर हुने जन्मदै बच्चा अपांग हुने जस्ता समस्या पनि प्लास्टिकको भाँडा प्रयोग गर्दा उत्पन्न हुने रसायनको कारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *