जान्नुहोस् ! के कारण झमझमाउँछ हात खुट्टा ? यस्तो छ कारण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हात खुट्टा झम्झमाउने समस्या प्राय धेरैमा हुने गर्छ । प्रायजसो हात खुट्टा झम्झमाउने समस्या त्यतिकै हुने गर्छ । लामो समय एउटै अवस्थामा बस्दा पनि हात खुट्टा झमझमाउने समस्या हुन्छ । यद्यपी यस्तो हुनुको मुख्य कारण ६० देखि ७० प्रतिशत मानसिक समस्या रहेको विशेषज्ञहरुको भनाइ छ । कमजोर भएका व्यक्तिहरुमा पनि यस्तो लक्षण देखिने गर्छ । मानसिक रुपमा नै झमझमाउने समस्या भएका व्यक्तिहरु दिनदिनै अस्पताल धाउने गर्छन् ।

यद्यपी किन यस्तो समस्या भएको हो भन्ने कुराको बारेमा वास्तविकता नबुझि आतिनु पर्दैन् । स्वास्थ्य चौकी धाउनुपूर्व आफुमा पिर चिन्ता तनाव कति छ भन्ने कुराको बारेमा ध्यान दिएर त्यसलाई कसरी कम गर्ने भन्ने तिर लाग्नु उपयुक्त हुन्छ । डायबेटिज भएका व्यक्तिमा पनि यस्तो समस्या हुन्छ । भिटामिन बि १२ बी ६ को कमी भएका व्यक्तिहरुमा पनि यस्तो समस्या हुने गर्छ । साँघुरो कपडा लगाएर हिड्दा पनि शरिरको विभिन्न अंगहरु झमझमाउने गर्छ । सामान्य चोटपटक लाग्दा प्रोल्याप्स्ड डिस्क मेरुदण्डको हाडमा क्षति हुँदा र स्नायु नशामा देखिएको समस्याको कारण शरिरका अंगहरु झमझमाउने गर्छ ।

चोटपटक लाग्ने क्रममा शरिरका नशाहरुमा क्षति पुगेको छ भने पनि यस्ता समस्याहरु आउने गर्छ । कहिलेकाह जोर्नीहरु, हातको कुहिनो, कुम, खुट्टाको घुँडा नशा च्यापिएको छ भने पनि झमझमाउने गर्छ । शरिरको कुनै अंगमा ट्युमर इन्फेक्सन जस्ता समस्या छन भने यस्तो हुन्छ । यस्तै अर्को जटिल कारण हो सिरिङ्गोमायलिया । यस्तो अवस्थामा स्पाइनलमा पानी जम्ने हुँदा दिमागमा पुगेको चोटको कारण यस्तो समस्या उत्पन्न हुन्छ ।

हात खुट्टा झमझमाउने समस्या भयो भने कसरी उपचार गर्ने ?

असामान्य तरिकाले बस्दा वा शरिरको अंगमा बढी दबाब परेको कारण झमझमाउने समस्या भएको छ भने केही समयमा नै निको हुन्छ । तर लगातार यस्तो समस्या भयो भने तुरुन्तै स्वास्थ्य संस्थामा गएर उपचार गर्नुपर्छ । उपचार गर्दा सुरुमा ब्लडको मात्रा जाँच गरेर मात्रै अन्य उपचार तिर लाग्नुपर्छ । किनकी यस्तो समस्यामा बाथरोग भएको वा नभएको भन्ने कुराको बारेमा जाँचबाट छुट्याउनुपर्छ । यसरी प्रक्रियागत रुपमा जाँच गर्दा समस्या के हो भन्ने कुरा पत्ता नलागेमा साइक्याष्ट्रिक र न्युरोलोजिष्ट वा न्युरो सर्जनको सल्लाहरु अनुसार उपचार प्रक्रियालाई अगाडी बढाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *