श्रीमतीलाई मायाको प्रमाण देखाउन यी व्यक्तिले काटे हातको औँला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भारतको छत्तिसगढका एक युवाले आफुले श्रीमतीलाई कति माया गर्छु भन्ने कुरा प्रमाणीत गरेर देखाउन हातको औला काटेर बट्टामा बोकेर ससुराली पुगेका छन् । श्रीमान श्रीमनती बीच सामान्य झगडा भइरहन्छ तर माया कति गर्छ भन्ने कुरा प्रमाणीत गर्नको लागि आफ्नो शरिरको अंग नै काट्छन् भन्ने कुरा विश्वास गर्न सायदै कठिन हुन्छ ।

तर भारतका यी युवाले श्रीमती झगडा गरेर माइत गएपछि मायाको प्रमाणित गनै औला नै काटेर ससुराली पुगेका हुन् । काटिएको औँला हातमा बोकेर उनी ६० किलोमिटरको बाटो औँला देखाउँदै पुगेका हुन् । रक्तामे अवस्थामा ससुराली पुगेका ती युवालाई देखेपछि उनको श्रीमती र परिवारका सदस्यहरुले तत्काल लिएर अस्पताल पुगेका थिए । मुकुन्द नामका ती युवाले बासिनखारकी ज्यातिसँग विवाह गरेका थिए ।

श्रीमतीको अरु कसैसँग सम्बन्ध रहेको संका भएपछि श्रीमती रिसाएर माइत गएकी थिइन् । कयौँ पटक ससुराली गएर श्रीमतीलाई घर ल्याउन प्रयास गर्दा पनि श्रीमतीले आफुलाई माया नगरेको भन्दै घर जान अस्वीकार गरेकी थिइन् । त्यसपछि मुकुन्दले मायाको प्रमाणित गरेर देखाउन औँला काटेका हुन् । यति मात्र हैन उनले शरिरका विभिन्न अंग काटेर श्रीमतीको नाम लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *