विस्फोटमा परी खुट्टा गुमाएका बालक कृत्रिम खुट्टा लगाएपछि यसरी नाँचे , भाइरल भिडियो हेर्नुस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । अहिले सामाजिक सञ्जालमा एक कृतिम खुट्टा लगाएको बालक नाचेको भिडियो भाइरल भएको छ । भिडियोमा ती बालकले आफ्नो गुमेको खुटुटा पुन पाएपछि अस्पतालमै नर्सहरुको वरिपरि नाचेर खुसी मनाइरहेको देखिन्छन् ।यो भिडियो रोया मुसावी नामक ट्विटर प्रयोगकर्ताले आफ्नो अकाउन्टमा यस्तो लेख्दै शेयर गरेकी थिइन् । ‘अहमदलाई आईसीआरसीको अर्थोपेडिक सेन्टरबाट कृत्रिम खुट्टा उपलब्ध भयो । नाचेर उनी आफ्ना भावना व्यक्त गरिरहेका छन् । यसरी अहमदको जिन्दगी बदलियो र उनी खुशी छन् ।’

एक जानकारीका अनुसार यो घटना अफगानिस्तानमा बस्ने अहमद सैयद रहमान नाम गरेको बालकको हो । उनी केही समयअगाडी अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट हुँदा गम्भीर घाइते भएका थिए । जुन घटनामा उनको एउटा खुट्टा गुमेको थियो ।

त्यसपछि ती बालकलाई अफगानिस्तानको इन्टरनेसनल रेडक्रस अर्थोपेडिक हस्पिटल सेन्टरमा अहमदलाई कृत्रिम खुट्टा दिइएको थियो । जहाँ उनी कृतिम खुट्टा लगाएपनि धेरै खुसी भए । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *