हरर फिल्मको सूचीमा परेको फिल्म इट : च्याप्टर २ पनि आउँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । स्टेफेन किङको नोभेलमा आधारित फिल्म इटको च्याप्टर २ पनि आउने भएको छ । इटको अपार सफलतापछि अब च्याप्टर २ पनि आउन लागेको स्टेफेन किङले ट्विट गदै जानकारी दिए । उनको अनुसार मैले यो च्याप्टर २ हेरिसकेकाले फिल्म निकै डरलाग्दो बनेको छ । यसको ट्रेलर पनि आइसकेको छ । यो फिल्म सेप्टेम्बर ६ मा रिलिज हुँदैछ ।

गत वर्ष रिलिज भएको इटले विश्वभर सात सय मिलियन डलर कमाएको थियो । तर यो फिल्म जम्मा ३५ मिलियन डलरमा बनेको थियो । त्यसैले यो फिल्म धेरै पैसा कमाउने हरर फिल्मको सूचीमा पनि परेको थियो ।

स्टेफेन किङ अमेरिकी लेखक हुन् । उनका किताबबाट द साइनिङ, स्ट्याण्ड बाइ मी, द मिस्ट जस्ता फिल्महरु बनेका छन् । अहिले बन्न लागको फिल्म उनको उपन्यासको आधा भागको रुपमा च्याप्टर २ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *