पूर्व पत्नी जेनिफिरलाई डेट गरिरहेको खबरलाई लिएर यसरी मजाक उडाए ब्राड पिटरले

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हलिउड अभिनेता ब्राड पिट र उनकी पूर्व पत्नी जेनिफर एनिस्टनको प्रेम सम्बन्धको बारेमा फेरि चर्चा भएको छ । सन् २००५ मा ब्राड पिटले डिभोर्स गरेर दुवैले अरुसँग विवाह गरेका थिए ।

त्यसपछि एन्जेलिना जोलीसँगको सम्बन्ध विच्छेदपछि सिंगल रहेको ब्राड फेरि पूर्व पत्नी जेनिफरसँगको सम्बन्धमा रहेको खबर सार्वजनिक भएपछि उनीहरुको चर्चा चुलिएको हो । फेब्रुअरीमा जेनिफरको ५०औँ जन्मदिनको पार्टीमा सहभागी भएपछि यस्तो खबर बाहिर आएको हो ।

मंगलबार एक कार्यक्रम गरेर ब्राडको मन फेरि दोस्रो पटक पूर्वपत्नी तर्फ फर्किएको हो भन्ने कुरालाई लिएर मजाक उडाएका छन् । सन् २००० मा विवाह ब्राड पिट र जेनिफर एनिस्टनले पाँच वर्षको बैवाहिक सम्बन्धलाई नै टुङ्ग्याएका थिए । त्यसपछि ब्राड पिटले हलिउडकी चर्चित अभिनेत्री एञ्जेलिना जोलीसँग डेट गरेर सन् २०१४ मा विवाह गरेका थिए । तर उनीहरुको वैवाहिक सम्बन्ध पनि खासै राम्रो बन्न सकेन् ।

दुवैले सम्बन्ध विच्छेद गरे ।  जेनिफर एनिस्टनले अभिनेता जस्टिन थेरोक्साको विवाह गरिन् । उनको त्यो विवाह पनि खासै लामो समय टिकेन् । दुई वर्षमा नै सम्बन्ध विच्छेद भयो । अहिले दुवै जना एक सिंगल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *