२०१९’को ‘मिस नेपालको उपाधि अनुष्काले जितिन, (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यो बर्षको मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम फाइनलको प्रतिस्पर्धामा ७ जनालाई पछि पार्दै अनुष्काले उपाधि हात पारेकी हुन् । फाइनलमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदिप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मिरा कक्षपति रहेका थिए । जसमध्ये कार्यक्रममा मुख्य निर्णायक इला श्रेष्ठले सोधेको ,, हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ?भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै अनुष्काले जित हात पारेकी हु्न । यो बर्षको ‘मिस नेपाल’मा सहभागी २५ जनाबाट सेमिफाइनलमा १४ जना र फाइनलमा ७ जनाले प्रतिस्पर्धा पुगेका थिए ।

त्यस्तै यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि प्रदिप्ता अधिकारीले जितिन् । ‘मिस नेपाल अर्थ’को उपाधि रिया बस्नेत जित्दा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि मिरा कक्षपतिले जितेकी थिइन् । त्यस्तै मिस नेपाल सुपर नेशनलको उपाधि रोज लामाले जितिन् ।

यो वर्षको ‘मिस नेपाल वर्ल्र्डको श्रृंखलामा अश्मी श्रेष्ठ, सन्नी रौनियार प्रधान, ओम बहादुर भन्डारी, तुविजा अग्रवाल, राजिव शाह, नवराज सिलवाल, विदुषी राना, पवन बहादुर पाण्डे, सुनिता लिम्बु खरेल र अनुप विक्रम शाही थिए । यो पटकको मिस नेपालको कार्यक्रम किर्तिपुरमा रहेको ‘लेब्रोटरी स्कुलको घाँसे मैदानमा आयोजना गरिएको थियो । यसपटक दर्शकलाई समेत टिकट किनेर कार्यक्रम हेर्ने मौका पाएका थिए । ‘मिस नेपाल’ आयोजनाको २५ औं बर्ष पुगेको अवसरमा यसपटक पूर्व मिस नेपालहरुलाई समेत निमन्त्रणा गरिएको थियो । ‘मिस नेपाल २०१९’को अन्य विभिन्न टाइटलका विजेताहरुको नाम यसप्रकार छः

१. मिस फ्रेन्डसिपः न्यान्सी बोगटी

२. मिस ब्यूटिफूल हेयरः मिरा कक्षपति

३. मिस ग्ल्यामरः रोज लामा

४. मिस फोटोजेनिकः रोज लामा

५. मिस इन्टिलेक्चुअलः अनुष्का श्रेष्ठ

६. मिस न्याचुरल स्किनः जेनी महर्जन

७. मिस एथेलेटिक्सः प्रदिप्ता अधिकारी

८. मिस कन्फिडेन्टः निशा पाठक

९. मिस पपलुर च्वाइसः रिया बस्नेत

१०. मिस ट्यालेन्टः प्रदिप्ता अधिकारी

११. मिस फ्यासिनोः अनुष्का श्रेष्ठ

१२. ब्यूटी विथ दि प्रपोजः निकिता कर्माचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *