रेस्लिङ खेल्दाखेल्दै रिङभित्रै रेसलर सिल्भर किंगको मृत्यु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, २९ वैशाख । रेसलर सिल्भर किंगको रेस्लिङ खेल्दाखेल्दै मृत्यु भएको छ । डब्ल्यूसीडब्ल्यूका पूर्व रेसलर एवं ज्याक फ्ल्याक नामक फिल्ममा अभिनय गरेका किंगको लन्डनमा आयोजित दर्शकले खचाखच भरिएको एक कार्यक्रममा मृत्यु भएको हो ।
सन् २००६ मा कमेडी नाचो लिब्रेमा समेत अभिनय गरिसकेका सिल्भर किंग उत्तर लन्डनको क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा खेल्दै गरेका थिए ।

वास्तविक नाम कवाहतेमोक गोन्जालेज ब्यारोन भएका मेक्सीकेली रेसलर रेसलिङ खेल्दाखेल्दै एकाएक लडे । द वल्र्ड रेसलिङ काउन्सिलले आफ्नो ट्विटर अकाउन्टमा उनको मृत्युबारे पुष्टि गरेको छ ।सिल्भर किंग शनिबार रातीको उक्त कार्यक्रममा डब्ल्यूडब्ल्यूईका पूर्व स्टार ‘द जुस’ गुएरेरासँग भिडिरहेका थिए । सबैभन्दा ठूलो शो लुचा लिब्रेमा आफ्नो प्रस्तुति दिइरहेका सिल्भर किंगले सन् १९९७ देखि २००० मा वल्र्ड च्याम्पियन रेसलिङमा पनि भाग लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *