कति बढ्दै छ कर्मचारीको तलब ? वृद्ध भत्ता एक हजार बढाइँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख । सरकारले निजामती कर्मचारीको तलब बढाउने भएको छ । नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब बढाउने तयारी भएको हो । आगामी आर्थिक वर्ष २०७६–७७ का लागि सरकारले ल्याउन लागेको नयाँ बजेटमा कर्मचारीको तलब बढाउने तयारी भएको हो ।

तीन वर्षदेखि सरकारले कर्मचारीको तलब बढाउन सकेको थिएन । यसपटक भने बढ्ने सरकारकै उच्च अधिकारीले बताउँदै आएका छन् । यस्तै, यसपटक वृद्धभत्ता पनि एक हजार बढाउने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ । संवैधानिक व्यवस्थाअनुसार आउने जेठ १५ गते संघीय सरकारले बजेट सार्वजनिक गर्दैछ । प्रधानमन्त्री केपी ओलीको निर्देशनबमोजिम अहिले अर्थमन्त्री डा.युवराज खतिवडा र अर्थ मन्त्रालयका कर्मचारी बजेट निर्माणमा व्यस्त भएका छन्।

राष्ट्रिय योजना आयोगको सुझावअनुसार आगामी आवका लागि करिब १५ खर्बको बजेट ल्याउने तयारी सरकारले गरेको छ । निजामती कर्मचारीले हाल खाइपाइ आएका मासिक तलबमा १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । त्यसका लागि मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले सिफारिस गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *