बलिउडका प्रतिक्षित फिल्महरू टक्करमा, कुन फिल्मले कस्तो पाउला त चर्चा ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमडौँ । पछिल्लो समय फिल्मका विषयवस्तुहरु चल्न सुरु गरेपछि बलिउडका निर्माताहरु ठूला स्टारसँग जुध्न थालेका छन् । यसै क्रमलाई लिएर बलिउडमा सन् २०२० मा बहुप्रतिक्षित फिल्महरु बिच भिडन्त हुने भएको छ ।

सलमान खानले २०२० को इदमा ‘इन्शाअल्ला’ सँग अक्षय कुमारको फिल्म ‘सुर्यवंशी’ जधाउने भएका छन् । आमिर खानले क्रिसमसको अवसर पारेर ‘लाल सिंह चड्डा’ सँग ऋतिक रोशनको फिल्म ‘क्रिस ४’ लाई टक्कर दिने भएका छन् । अर्को मितिमा पनि दुई ठूला चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ र ‘लभ आजकल २’ एक साथ चल्ने भएका छन् ।

‘शुभ मंगल ज्यादा सावधान’ फिल्ममा आयुष्मान खुरानाको मुख्य भूमिका रहेको छ भने ‘लभ आजकल २’ मा कार्तिक आर्यन र अभिनेत्री सारा अलि खानको मुख्य भूमिका रहेको छ । नयाँ पुस्तामा बलिउडमा निकै राम्रो परिचय बनाएका तीनै कलाकार एक आपसमा जुध्ने भएका हुन् । ‘लभ आजकल २’ २०२० को भ्यालेन्टाइन डे मा रिलिज हुने पक्का भएको छ भने अर्को फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ ले पनि औपचाकि रुपमा भ्यालेन्टाइन डे को मितिलाई तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *