भारतीय प्रधानमन्त्री मोदीको मेकअपमा मात्र खर्च हुन्छ यति धेरै रकम ? खुल्यो वास्तविकता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक भिडियो भाइरल भएको छ । भिडियोमा मोदीको हरेक महिनाको मेकअप खर्चको बारेमा देखइएको छ । जुन ४५ सेकेण्डको भिडियोमा मोदीको वरिपरि ब्युटिसियन र स्टाइलिस देखिएका छन् । उक्त भिडियोलाई ‘ यी गरिबका छोरा यति हरेक महिना ८० लाख भारु पैसा तिरेर मेकअप गराइरहेका छन् ।’ लेखेर धेरैले नकरात्मक प्रतिक्रिया दिएका छन् । जुन भिडियोलाई सयौँ पटक सेयर गरिएको छ । त्यस्तै एक गुरुग्राम कांग्रेसको आधिकारिक फेसबुक पेजमा पनि यो भिडियोलाई यसरी नै सेयर गरिएको थियो । जहाँ उक्त भिडियो ९५ हजार पटक हेरिसकिएको छ ।

बिबिसीको एक अनुसन्धान अनुसार यो सही तरिकाले नभई गलत सन्दर्भ राखेर सेयर गरिएको जनाएको छ । साथै उक्त भिडियोमा मोदीसँग देखिएका मेकअप आर्टिस्टहरु उनको निजी आर्टिस्ट नभएको जनाएको छ ।

तर वास्तवमा यो भिडियो सन् २०१६ मार्चमा १६ मा मा म्याडम तुसादले आफ्नो आधिकारिक युट्युब पेजमा पोष्ट गरेको थियो । जसलाई लण्डनस्थित म्याडम तुसाद म्युजियमले जारी गरेको थियो । उक्त जानकारी अनुसार यो भिडियो भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैनको मूर्ती बनाउने बेला सुट गरिएको जनाएको छ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *