सलमानलाई किन मन पराउँछन् युवा पुस्ता ? निर्देशक अली अब्बासले कारण बताउँदै गरे यसरी प्रशंसा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको सुपरस्टार सलमान खानको फिल्म ’भारत’ प्रर्दशनको तयारीमा छ । त्यसैले अहिले उक्त फिल्मका निर्माण टिम प्रमोसनको लागी विभिन्न कार्यक्रममा पुग्ने गरेका छन् । अझ भन्नुपर्दा फिल्मको प्रचार प्रसारमा केही कसुर पनि बाँकी राखेका छैनन् । जहाँ फिल्मका निर्माता ,निर्देशक लगायतका कलाकारहरु मिडियाहरुमा अन्तरर्वाता दिन ब्यस्त छन् ।

त्यसैक्रममा फिल्म निर्माता अली अब्बास जफरलाई एक अन्तरर्वातामा , सलमान खानलाई युवा दर्शकहरुले किन मन पराउँछन् भनेर प्रश्न सोधिएको थियो । जवाफमा उनले सलमानको व्यक्तित्व , बेफिक्री शैली र परिपक्क अभिनयको कारण युवा पुस्ताले धेरै मन पराएको बताए । किनभने सलमान कार्यक्रममा आएर केही कुरा लुकाउदैन् , मन लागेको कुरा खुलस्त बताउछन् भन्दै प्रशंसा गरे ।

फिल्म भारतमा सलमान खान , कट्रिना कैफ र दिशा पाटनी मुख्य भूमिकामा रहेका छन् । हाल सलमान दबंग ३ को शुटिङमा व्यस्त छन् । त्यसपछि सलमानको किक २ र इन्शाअल्लमा व्यस्त हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *