मन दुख्ने तस्बिर, खोलाको धमिलो पानी सिधै खान्छन् दैलेखका विद्यार्थी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख । दैलेखको जनज्योति माध्यमिक स्कुलका विद्यार्थीको तस्बिर हो यो । यो तस्बिर हेर्दा जोकोही पनि दुखित हुन्छन् । एकपल्ट जस्तो मानिसलाई पनि यो तस्बिरले भावुक बनाउँछ ।
राष्ट्रिय समाचार समितिले प्रकाशित गरेको यो तस्बिर कर्णाली नदीको हो । विशाल कर्णाली नदीमा धमिलो पानी बगिरहेको छ । तिर्खा लागेपछि जनज्योति माध्यमिक स्कुलका विद्यार्थीहरू बोतल लिएर कर्णाली नदी जान्छन् र उभाएर सिधै पानी पिउँछन् ।
तस्बिरमा पनि स्कुले छात्र छात्राले बोतलको पानी पिइरहेको देखिन्छ । हिउँदमा कर्णालीको पानी स्वच्छ र सफा भए पनि बर्खायाममा हरबखत धमिलो हुन्छ । तर, दैलेखका अधिकांश क्षेत्रमा पानीको संकट छ । सोही कारण पनि स्कुले विद्यार्थी धमिलो पानी पिउन बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *