आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ । यो दिवस आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिन पारेर नर्सिङ काउन्सिल आईसीएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखका दिन मनाइने गरिन्छ । दिवसका अवसरमा नर्सिङ कलेज तथा अन्य सस्थाहरुले विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् ।

अहिले नर्स पेशाको बढ्दो आकर्षणको कारण सङख्या बढेपछि धेरै नर्स पढेको विद्यार्थीहरु बेरोजगार बस्न बाध्य छन् । किनभने यहाँ योग्यता अनुसारको रोजगार छैन् , विशेषज्ञता अनुसार पदपूर्ति छैन् ,काममा समेत भेदभाव रहेको छ । तर नेपालमा सरकारी र निजी स्तरका साढे २ सय शिक्षण संस्थाबाट प्रत्येक वर्ष ८ हजारभन्दा बढी जनशक्ति उत्पादन हुने गरेको छ ।

नेपाल नर्सिङ परिषदको एक तथ्यांकअनुसार नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका गरी ४८ हजार ९ सयभन्दा धेरै नर्स रहेको पत्ता लगाएको छ । तर पनि यहाँ २० देखि ३० जना बिरामीको एउटै नर्सले हेर्नु पर्ने बाध्यता छ । उता विकसित देशमा सामान्यता ३ जना बिरामीको १ जना नर्सले रेखदेख गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *