ठट्टा गर्दा सात महिने छोराको बाबूलाई पसलेले लगाए प्रहरीको जिम्मा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अमेरिकाका एक व्यक्ति ठट्टा गर्दा समस्यामा परेका छन् । मजाक गरेर आफ्नो सात महिने छोरालाई टर्लीबाट निकाल्दै धितो राख्न भनेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । जुन एउटा यस्तो पसल छ जहाँ धितो राखेर पैसा लिन मिल्छ । जहाँ उनी आफ्नो छोरा धितो राख्न पुगेका थिए । तर उनले ठट्यौली पारामा भनेको थिए । तर पसलले तत्काल प्रहरीलाई जानकारी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

टर्लीबाट छोरालाई निकाल्दै काउन्टरमा राखेर यो सात महिनाको भयो यसको कतै प्रयोग भएको छैन् । म यसलाई धितो राख्न चाहन्छु किनकी म यो देखि छुटकारा चाहन्छु । यसबात मैले कति पाउँछु ? भन्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रिचर्ड ब्रायनले यस्तो कुरा गर्दा गम्भिर थिए । तर प्रहरीले यो बुझेनन् की उनी म सँग मजाक गर्दैछन् । उनले आफ्नो छोरालाई उफारेर खेलाए र पसलेलाई सोधे के म यसलाई धितो राख्न सक्छु ।

पसलेले प्रहरीलाई दिएका बयान अनुसार प्रहरी अनुसन्धानमा लागिरहेको थियो । अनुसन्धानमा प्रहरीले सिसिटिभीको विज्ञापन जारी गर्यो । त्युपछि आफुलाई प्रहरीले खोजिरहेको थाहा पाएपछि ब्रायन आफै प्रहरीको सम्पर्कमा आए । र उनलाई प्रहरीले हिरासतमा लियो । प्रहरीको अनुसन्धानमा ब्रायनले ठट्टा गरेको बयान दिएपछि उनलाई कुनै कानुनी कार्बाही भएन् । यद्यपी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने बच्चामाथि निगरानी राख्न प्रहरीलाई निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *