बाबु आमाले नै छोरीको आगो लगाएर हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । दार्चुलामा एक दम्पतीले आफ्नै छोरीको आगो लगाएर हत्या गरेका छन् । श्रीमान र श्रीमतीबीच झगडा हुँदा ती दम्पतीले करिब ११ बजे मध्य रातमा खरको कुन्यूमा जलाएर १० महिने छोरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकृत प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए । उहाँका अनुसार व्याँस गाउँपालिका ५ चुकपानीका बुबा नवीन बिष्ट र आमा शिलाले छोरीको जलाएर हत्या गरेका थिए ।

घटनापछि भाग्न लागेका उनीहरूलाई अहिले स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको छ । हत्यामा सम्लग्न बुबाले बताए अनुसार ‘श्रीमतीले उनको दिदीलाई सुन दिएको विषयमा विवाद हुदाँ यस्तो डरलाग्दो घटना घटेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *